२०८१ श्रावण १२, शनिबार
कावासोती ।नेकपा एमाले जिल्ला कमिटी नवलपुरको शपथ ग्रहण तथा पहिलो बैठक आज कावासोतीमा सम्पन्न भएको छ । नेकपा एमाले नवलपुरको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित १ सय ४८ सदस्यहरूको आज सपथ ग्रहण ग्रहण गरिएको नेकपा एमाले नवलपुरका उप सचिव यमुनाथ आचार्यले बताउनुभयो । सपथ ग्रहण सँगै बसेको नेकपा एमालेको नयाँ कमिटीको पहिलो बैठकले पाँच सदस्यीय सचिवालय निर्माण गरेको छ । हाल कमिटीमा रहेका पदाधिकारीलाई समेटी पाँच सदस्यीय सचिवालय गठन गरेको उप सचिव आचार्यले बताउनुभयो ।
सपथ ग्रहण कार्यक्रम नेकपा एमालेका जिल्ला कमिटीका अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षता, पूर्व सञ्चार मन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्यहरू कृष्ण पौडेल ,रविन्द्र अधिकारी, केन्द्रिय सल्लाहकार मझिलाल थारु, प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला कमिटि सचिव भिमलाल अधिकारीले गर्नुभएको थियो ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै पूर्व सञ्चारमन्त्री बाँस्कोटाले नेकपा एमाले अझै शसक्त भएका अघि बढ्ने बताउनुभयो । पार्टी भित्र कहिलेकाँही केही असन्तुष्टी रहेपनि त्यसलाई क्रमश व्यवस्थापन गर्दै जानुपर्ने र शसक्त र मजबुत पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो । पार्टीका विभिन्न संरचना, विभाग, जनवर्गीय संगठन रहेको उल्लेख गर्दै त्याहाँ समेत जिम्मेवार व्यक्तिहरुलाई समेटन सकिने बताउनुभयो । कमिटीमा आउनु मात्रै नभई अब पार्टी संगठन मजबुत बनाउन लाग्नुपर्ने समेत उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |