२०८० मंसिर २४, आईतबार
कावासोती । नेकपा एमालेका नेता संविधान सभा सदस्य जिवन श्रेष्ठले आफु सकृय राजनितिबाट सन्यास लिएको घोषणा गर्नु भएको छ । श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफु सकृय राजनितिबाट सन्यास लिएको घोषणा गर्नु भएको हो । केही दिन अघि सम्पन्न नेकपा एमाले नवलपुरको आठौं अधिवेशनमा अध्यक्षका दावेदारका रुपमा हेरिएका श्रेष्ठको नाम सहमतिमा नअटाएपछि सकृया राजनितिबाट बिदा लिने निर्णयमा पुगेको अनुमान गरिएको छ । अधिवेशनमा प्रतिनिधि बिच लोक प्रिय नेताका रुपमा रहनुभएका श्रेष्ठको पक्षमा जनमत समेत देखिएको थियो । तर आज श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफु सकृय राजनितिबाट सन्यास लिएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा लेखिएका शब्द
म जिवन श्रेष्ठ २०२९ साल देखि झापा बिद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा ९केर के० नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाहा गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटिको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटिको सदस्य, २०६३मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाहा गर्दै आइरहेको र पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै ूसम्बृद्ध नेपाल सुखि नेपालिू को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका ९२०७८र०९र२७० मिति देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।
मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिको शिक्षा(दिक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एकेबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैब सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।
जिवन श्रेष्ठ, कावासोति(३, नवलपुर, गण्डकि प्रदेश।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |