२०८१ श्रावण १२, शनिबार
कावासोती । नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिवेशन कावासोतीमा शुरु भएको छ । अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको छ । अहिले अधिवेशनको बन्दसत्र कावासोती स्थित पानस बैंक्वेटमा संचालन भइरहेको छ ।
यस अघि उद्धघाटन सत्र जिल्ला कमिटीका अध्यक्ष रोशन गाहाको अध्यक्षतामा भएको थियो । अधिवेशनको उद्धघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भरचुल माध्यमबाट गर्नु भएको थियो । देशै भरका जिल्ला अधिवेशनको पार्टी अध्यक्षले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको हो ।
कावासोतीमा भएको उद्धघाटन सत्रमा पार्टीका केन्द्रिय सदस्य लगायतले सम्बोधन गरेका थिए । उद्घाटन सत्र पश्चात बन्दसत्रको कार्यक्रम जारी रहेको जिल्ला कमिटी सचिव जीवन श्रेष्ठले बताउनुभयो ।
आजबाट शुरु भएको जिल्ला अधिवेशन भोलि १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गरि सम्पन्न हुने छ । जसमा पाँच जना पदाधिकारी रहने छन् । जिल्ला अधिवेशनमा जिल्ला भरिबाट करिब ८ सय प्रतिनिधि तथा पर्वेक्षक सहभागि भएका छन् । जिल्ला अधिवेशनले सर्व सम्मत रुपमा कमिटी चयन गर्ने सम्भावना बढी रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |