२०८१ श्रावण १२, शनिबार
कावासोती । नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । पुस २३ र २४ गते कावासोतीमा हुन लागेको जिल्ला अधिवेशनको सबै तयारी पुरा भएको नेकपा एमाले जिल्ला कमिटी सचिव जीवन श्रेष्ठले बताउनुभयो ।
दुई दिन सम्म चल्ने आठौँ अधिवेशनको बिहीबार बिहान ११ बजे कावासोती शिवालय मन्दिर नजिक रहेको पानस बैङ्क्वेटमा उद्घाटन हुने छ । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । पाँच पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन हुने जिल्ला सचिव श्रेष्ठले बताउनुभयो ।
नेकपा एमाले नवलपुरले बिहीबार अधिवेशन स्थलमा पत्रकार सम्मेलन गरि अधिवेशनको बारेमा जानकारी दिएको थियो । जिल्ला अधिवेशनमा जिल्ला भरिबाट ७ सय ३६ प्रतिनिधि सहभागि हुने जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले बताउनुभयो । भूगोलबाट ५६० जना, २३ वटा जनवर्गीय सङ्गठनमा ६९ जना , पालिका तर्फबाट २४ जना , आयोजक ६८ र सल्लाहकार परिषदबाट १५ जना गरि ७ सय ३६ जना प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागि हुने अध्यक्ष गाहाले बताउनुभयो ।
शुक्रबार हुने जिल्ला अधिवेशनमा सहभागि हुन आउने प्रतिनिधिलाई कावासोती स्थित पार्टीका सङ्गठित सदस्य तथा शुभेच्छुक कहाँ बास बस्ने व्यवस्था मिलाइएको छ ।
शुक्रबार अधिवेशन हुने भएपछि अधिवेशन स्थलमा बिहीबार देखिनै चहलपहल बढेको छ । अधिवेशन स्थलमा पार्टीका झण्डा, तुल ,ब्यानर टाँगेर सिँगारिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |