२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरु गरेको छ । नगरपालिका भित्र रहि कृषि, पशुपन्छी तथा मतस्य व्यवसायमा आवद्ध किसानहरूको लगत संकलनका लागि किसान सूचीकरण कार्यक्रम शुरु गरिएको कावासोती नगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो ।
नेपाल सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आवद्ध रहेका किसानहरूको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको डा.पौडेलले बताउनुभयो । किसान सूचीकरणकालागि कावासोती नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ५ र १७ मा सहजकर्ता खटाएको समेत उहाँले बताउनुभयो । सहजकर्ता नखटिएका क्षेत्रका किसानले किसानले आवश्यक कागजात सहित कावासोती नगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखामा उपस्थित भएर किसान सूचीकरणको फारम भर्न सकिने उहाँले बताउनुभयो ।
यसै गरि किसान सूचीकरण व्यवस्थापन प्रणालीको वेबसाइट farmer.moald.gov.np मा गई आफ्नो विवरण प्रविष्ट गर्न सकिने समेत शाखा प्रमुख पौडेलले बताउनुभयो । किसान सूचीकरणकालागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एक प्रति फोटो आवश्यक पर्ने उहाँले बताउनुभयो ।
किसान सूचीकरणसँगै किसानको वर्गीकरण गरिने समेत उहाँले बताउनुभयो । सूचीकरण र वर्गीकरण पश्चात नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधि पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख पौडेलले बताउनुभयो । नगर सहित प्रदेश र संघीय रुपमा समेत यही तथ्याङ्क प्रयोग हुने भएकाले ति क्षेत्रबाट प्राप्त गर्ने अनुदान सहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पुर्याउने उहाँले बताउनुभयो । ‘किसान सूचीकरण पछि यही तथ्याङ्क तीनै तहका सुविधा प्रदान गर्न प्रयोग हुन्छ, यसले प्रदान गरिने अनुदार र अन्य सुविधालाई पारदर्शी र थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास छ ’शाखा प्रमुख डा. पौडेलले भन्नुभयो ।
सरकारले किसानलाई पेन्सनको कुरा समेत उठाउने गरेको छ । अहिले गरिएको सूचीकरणले सो कार्यक्रमका लागि समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । कावासोती नगरपालिकामा हाल दुई वटा वडालाई प्राथमिकता दिएर सहजकर्ता खटाइएको भएपनि क्रमश नगरपालिका भित्रका सबै वडाबाट कोही पनि किसान सूचीकरणमा नछुट्ने गरि कार्य गरिने उहाँले बताउनुभयो । किसानहरूलाई शाखा प्रमुख पौडेलले आफैले चासो दिएर सूचीकरण गराउन समेत अनुरोध गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |