२०८० मंसिर २०, बुधबार
कावासोती । वैदेशिक रोजगार सम्बन्धी कानूनी अभिभुखिकरण कार्यक्रम कावासोतीमा भएको छ । मानव अधिकारका लागि जनमञ्च – पिपुल फोरम)को आयोजना र आइरेक्सको सहयोगमा भएको कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी भएका कानूनका बारेमा अभिभुखिकरण प्रदान गरिएको थियो । कार्यक्रममा अधिवक्ता सोम लुइटेल, कृष्ण प्रसाद न्यौपाने, समा डंगोलले वैदेशिक रोजगारका चुनौती, वैदेशिक रोजगार कानून , मुद्धा सिफारिस लगायतका विषयमा अभिभुखिकरण प्रदान गरेका थिए ।
सो क्रममा वैदेशिक रोजगारका सवालमा कामदारको सचेतनामा कमी, सीप नसिक्नु, अदक्ष कामदार, कामदार मैत्री नीति नहुनु, वैदेशिक रोजगार व्यवस्थापन समन्वयमा कमी लगायतका चुनौती देखिएको औँल्याइएको थियो । कतिपयलाई वैदेशिक रोजगार सम्बन्धका घटनामा उजुरी कहाँ कसरी गर्ने भन्ने विषयमा जानकार नहुँदा समेत न्याय निरुपण हुन नसकेको बताइएको छ । वैदेशिक रोजगार कसुर सम्बन्धी जिल्ला प्रशासन कार्यालय र वैदेशिक रोजगार विभागमा उजुरी दिन सकिने विषयमा समेत जानकारी प्रदान गरिएको थियो । अभिभुखिकरण कार्यक्रममा वैदेशिक रोजगारका विषयमा स्थानीय तहको भूमिका बढाउने कुरामा जोड दिइएको थियो । यस्तै वैदेशिक रोजगार सम्बन्धी मुद्धाको निरुपण स्थानीय स्तरमा नै गर्ने गरि गर्नुपर्नेमा सहभागीको जोड थियो ।
झन्झटिलो प्रक्रिया हुँदा पीडितहरू कानुनी उपचारमा जानै नखोज्न हुँदा यसलाई सहज बनाउनुपर्नेमा जोड रहेको थियो । बद्री नेपालले सहजिकरण गर्नुभएको कार्यक्रममा मध्यविन्दु नगरपालिका उप प्रमुख ओम कुमारी महतो, विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष मिना राना, सामाजिक विकास कार्यालयका प्रमुख ज्ञान प्रसाद भुषाल, बिभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |