२०८१ श्रावण १२, शनिबार
देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई फराकिलो मत अन्तरले पराजित गर्दै एमालेका उम्मेदवार खिमानन्द भुषाल निर्वाचित हुनुभएको हो ।
स्थानीय तहको झल्को दिने गरि भएको निर्वाचनमा एमालेका उम्मेदवार खिमानन्द भुसाल ५ सय ५९ मत अन्तरले विजयी हुनुभएको हो । उहाँले २ हजार ४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धका तर्फबाट उठेका कांग्रेसका उम्मेदवार नारायण प्रसाद पौडेलले १४४५ मत प्राप्त गर्नुभएको थियो ।
नेकपा एमाले विरुद्ध नेपाली कांगे्रस, माओवादी , एकीकृत समाजवादीले गठबन्धन बनाएको भएपनि गठबन्धन नराम्रोसँग पराजित भएको छ । देवचुली नगरपालिका १० देखी १५ सम्मका ६ वटा वडाका नौ वटा ब्लक समेटिएका थिए । जसमा नेकपा एमालेका उम्मेदवारले २,४,५,७,८ र ९ वटा ब्लकमा जित हात पारेका छन् । निर्वाचनमा कुल ३ हजार ५४९ मत खसेको थियो ।
सचिव पदमा झिनो मत अन्तरले एमालेका उमेदवार पराजित भएका छन् । २१ मत अन्तरले सचिवमा पराजित हुँदा लेखा समिति संयोजक र सदस्यमा एमालेका उमेदवारले जित हात पारेका छन् । खानेपानीको निर्वाचनमा अध्यक्ष,सचिव,लेखा समिति संयोजक, दुई सदस्य र नौ वटा ब्लक सदस्य सहित १४ पदमा भएको निर्वाचनमा एमालेले १० वटा पदमा जित निकाल्दा सचिव सहित १,३ र ६ मा मात्रै गठबन्धनले जित निकालेको छ ।
लेखा समिति सदस्यामा एमालेका उम्मेदवार रत्ना भुषाल २५३ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवार लिलाधर अधिकारीलाई पराजित गर्नुभएको हो । यस्तै लेखा समिति सदस्यमा एमालेका उम्मेदवार गिता कुमारी न्यौपाने र शिवलाल पराजुली निर्वाचित हुनु भएको छ । सचिवमा गठबन्धनका ईन्द्रमणी भुषाल निर्वाचित हनुभएको छ ।
ब्लक तर्फ गठबन्धनबाट १ मा लक्ष्मी तिवारी, ३ मा नन्दुलाल धिताल र ६ मा ओमप्रसाद सारु निर्वाचित हुँदा एमालेबाट २ मा टोप प्रसाद न्यौपाने, ४ मा दीना पराजुली, ५ मा मुना भण्डारी, ७ मा दुर्गादेवि विष्ट, ८ मा कृष्ण कुमार श्रेष्ठ र ९ मा जसबिर पुलामी बिजयी भएका छन् ।
प्रगतिनगर खानेपानीको निर्वाचनको मत परिणाम सँगै देवचुलीमा एमाले मजबुत भएको देखिएको छ । एमाले बिरुद्ध अन्य दलले मोर्चाबन्दी गरेको भएपनि खानेपानिको निर्वाचनमा जित नेकालेसँगै देवचुलीमा रहेका एमालेका नेता ,कार्यकर्ता उत्साहित बनेका छन् ।यसले आगामी स्थानीय तहको निर्वाचनमा समेत प्रभाव पार्ने देखिएको छ । ६ वटा वडाको मत परिणामले एमाले मजबुत देखिएको छ । केही दिन अघि मात्रै देवचुलीमा वनको निर्वाचनमा एमालेले गठबन्धनलाई पराजित गरेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |