२०८१ श्रावण १२, शनिबार
डण्डा । सहयोगी मन नेपाल नवलपुरको आयोजनामा डण्डामा भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । शनिबार डण्डामा भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको संस्थाका सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले रक्तदान जस्तो कार्य मानवीय सेवाको दृष्टिले उत्कृष्ट कार्य रहेको भन्दै ,कार्यक्रमको आयोजनामा गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले रक्तदान कार्यक्रममा संस्थाले कोभिडको समयमा अक्सिजन व्यवस्थापनमा खेलेको भूमिकाको समेत स्मरण गर्नुभयो । आगामी दिनमा समेत मानवीय सेवामा संस्था लागिरहने विश्वासका साथ शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं सहयोगी मन नेपालका अध्यक्ष शिव गिरीले संस्थाले जिल्लामा हरेक विपदका समयमा सहयोगी मन नेपाल नवलपुर सहयोगका लागि तत्पर रहेको बताउनुभयो । जिल्लामा दुर्घटना धेरै हुने र रगतको माग समेत धेरै हुने गरेको भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष गिरीले बताउनुभयो । भोलिका दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । संस्थाको लक्ष्य भोलिका दिनमा भेन्टिलेटर सहितको एम्बुलेन्स र शव बाहन खरिद गरि सञ्चालन गर्ने रहेको भन्दै सबैसँग छलफल गरि यो कार्यलाई अगाडि बढाउने बताउनुभयो ।
संस्थाका सचिव आनन्द श्रेष्ठको सञ्चालनमा भएको रक्तदान कार्यक्रममा संस्थाका सदस्य भोजराज दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सहयोगी मन नेपाल नवलपुरको आयोजना , नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा तथा नवलपुर रक्त सञ्चार सेवा नवलपुरको प्राविधिक सहयोग, तेजभक्त इन्टरनेशनल प्रालि, स्वराज टेक्टर , नवलपुर अण्डा उत्पादक संघ र चौधरी उद्योग ग्रामको सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा विपदका समयमा सहयोग गर्ने विभिन्न संस्था, सहयोगी दाताहरूलाई कदर पत्रले सम्मान गरिएको थियो ।
कोभिडको दोश्रो लहरका समयमा स्थापना भएको विपद् व्यवस्थापन सहयोगी समिति आधिकारिक रुपमा जिल्ला प्रशासनमा सहयोगी मन नेपाल नवलपुरको नाममा दर्ता भएर सामाजिक कार्यलाई निरन्तरता दिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |