२०८० मंसिर १६, शनिबार
नवलपुर । प्याब्सन नवलपुरको अध्यक्षमा दीपक रावत निर्वाचित हुनुभएको छ । शनिबार अबेर सम्पन्न निर्वाचनमा रावत ४७ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी हरिहर अधिकारीले ३० मत प्राप्त गर्नु भएको थियो । प्याब्सन नवलपुरको १५ औं अधिवेशनमा ७७ मत खसेको थियो । यसै गरि बरिष्ठ उपाध्यक्षमा भिमलाल कँडेल ४४ मतका साथ निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी चन्द्रकान्त बस्यालले ३३ मत प्राप्त गर्नु भएको छ ।
उपाध्यक्ष पदमा प्रदिप बास्तोला ३९ मत ल्याउँदै निर्वाचित हुनुभयो उहाँका प्रतिस्पर्धी बिरेन्द्र चौधरीले ३७ मत प्राप्त गर्नुभएको थियो । अन्य पदमा भने सर्वसम्मत भएको थियो । सचिव, कोषाध्यक्ष, सह सचिव र सहकोषाध्यक्ष पदमा भने क्रमश कान्तामणी चौधरी, चुरा बहादुर गुरुङ, अनिल थापा र मोहन सिंह थापा बाकबल सर्वसम्मत चयन हुनुभएको थियो ।
सदस्यमा पदम बराल, कमल चापागाईं, जगन्नाथ अर्याल, चिरिञ्जिबी गौडेल, नारायण थापा र युबराज गौतम सर्वसम्मत सदस्यमा चयन हुनुभएको हो ।
१५ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्य अवधि तीन वर्षको रहने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |