२०८० आश्विन १२, शुक्रबार
कावासोती । ‘टेक्नोलोजी एज गर्ल ९ट्याग० अर्थात् ‘प्रविधि उमेर समूहका किशोरी’ परियोजनाको बारेमा सरोकारवालाहरूसँग छलफल कार्यक्रम आइतबार कावासोती १६ डण्डामा भएको छ ।
अग्यौली सामुदायिक श्रोत पुस्तकालयको आयोजना तथा रिड नेपालको सहयोगमा सञ्चालित यस परियोजनाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा ट्याग परियोजना संयोजक रुपा भट्टराईले भएगरेका कार्यक्रमहरू , उपलब्धि , चुनौती तथा भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले परियोजना अन्तरगत नेतृत्व, प्रविधि सम्बन्धी आधारभुत र एडभान्स तालिम लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम , दोस्रो चरणको लागि २७ जना किशोरीहरूको छनौट , समुदायको आवश्यकताको पहिचान, बिभिन्न संघ सस्थामा आबद्ध व्यक्तिहरूसँग अन्तर्वार्ता , रेडियो कार्यक्रम , मनोपरामर्शकर्ता सँगको अन्तरक्रिया कार्यक्रम भएको बताउनुभयो । यस्तै , कोभिड सङ्क्रमणको समयमा राहत वितरण, शैक्षिक सामाग्री बितरण , ट्याग किशोरीहरु द्धारा समुदायमा मास्क बितरण , ट्याग सहभागीहरूको १५ दिने समीक्षा कार्यक्रम , मेन्टरद्वारा लैंगिक समानता र समाजिक समावेशीकरण तालिम , , अभिभावकसँग अन्तरक्रिया कार्यक्रम , किशोरी नेतृत्व उप– समिति गठन लगातयका कार्यक्रम भएको जानकारी दिनुभयो ।
परियोजनाले किशोरीहरूमा समय व्यवस्थापन , नेतृत्व विकास , प्रविधिको सीप हासिल, विभिन्न सङ्घसंस्थासँग समन्वय गर्ने , आवश्यकता अनुसार स्रोतको प्रयोग गर्ने , बजेट व्यवस्थापन , समुदायको आवश्यकता पहिचान गर्ने तथा सामाजिक सञ्जालको सदुपयोग गर्ने क्षमताको विकास भएको बताउनुभयो ।
यस्तै उहाँले परियोजनाका लागि पहिलो चरणमा चार लाख , ५६ हजार ३ सय ५० , दोश्रो चरणमा सात लाख , २१ हजार , ५४९ र तेश्रो चरणमा दुई लाख , ४१ हजार ६ सय रुपिँया बजेट आएको बताउनुभयो ।
छलफलका क्रममा किशोरी सहभागि भएका विद्यालयका शिक्षकहरूले ट्याग परियोजनामा आबद्ध भएका किशोरीहरूमा आत्मविश्वास बढेको बताउनुभएको थियो । कार्यक्रममा सहभागि नहुँदा आफ्नो नाम पनि भन्न डराउने किशोरीहरू अहिले मासमा नै उभिएर निर्धक्कसँग बोल्न सक्ने भएको बताउनुभएको थियो । परियोजनाले प्रविधिमा किशोरीको पहुँच वृद्धि गराउनुका साथै , आत्मनिर्भर बन्नका लागि समेत भूमिका निर्वाह गरेको अन्य सहभागि सरोकारवालाहरूले बताउनुभयो ।
अग्यौली सामुदायिक श्रोत पुस्तकालयका अध्यक्ष सूर्य पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कावासोती नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत शुसिला तिमिल्सिना , वडा नं १६ का वडा सदस्य आनन्द श्रेष्ठ , पुस्तकालयका सचिव बद्रिनाथ नेपाल , क्रियाशील पत्रकार महिला नवलपुर अध्यक्ष ज्ञानु पंगेनी , लिला भण्डारी , लगायतका सरोकारवालाहरुको सहभागिता रहको थियो ।
कार्यक्रममा बोल्दै अग्यौली सामुदायिक श्रोत पुस्तकालयका अध्यक्ष पाण्डेले पहिचो चरण अन्तरगत ५० जना किशोरीहरुलाई १७ हप्तासम्म दैनिक जिवनमा आवश्यक पर्ने कम्युटर सम्बन्धी ज्ञान र शिप सिकाईएको बताउनुभयो । विषेश गरि किशोरीहरुलाई सुचना प्रविधिको पहुँचमा वृद्धि गर्दै यसको सही प्रयोगबाट हुने सकारात्मक फाईदा र यसलाई प्रयोग गर्ने नाममा दुरुपयोग बढ्दा जीवनमा हुन सक्ने नकारात्मक बेफाइदाका बारेमा तालिम मार्फत् जानकारी दिदै सजग र सचेत बनाएर उनीहरुका माध्यमबाट फेरी समुदायमा यी कुराको चेतना अभिबृद्धि गर्ने काम गरिएको बताउनुभयो ।
अग्यौली सहित देशभरका १० वटा पुस्तकालयमा सञ्चालन गरिएको यस परियोजनाले किशोरीहरूको समग्र विकासमा टेवा पु¥याउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |