२०८० आश्विन १४, आईतबार
नवलपुर । ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कावासोतीमा कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय नवलपुर, कावासोती नगरपालिका अपाङ्गता समन्वय समिति, अपाङ्गता पुनर्स्थापना केन्द्र नवलपुर, अपाङ्गता पुनर्स्थापना समन्वय परिषद् , कोपिला नेपाल, नवलपरासी नेत्रहीन संघ र नवलपरासी बहिरा संघको आयोजनामा दिवसको अवसरमा विविध खेलकुद कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ,कावासोती नगरपालिका उप प्रमुख पे्रमशंकर मर्दनिया थारुले शिक्षा र सीपले फरक क्षमता भएका व्यक्तिहरूको जिविकोपार्जनमा सहयोग पुग्ने भन्दै यि दुवै कुराको लागि जोड दिनुपर्ने बताउनुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरू शिक्षाबाट बञ्चित नहुन भन्नका लागि र उचित शिक्षा दिनका लागि के गर्न सकिन्छ भनेर सरोकारवालाहरू बिच छलफल चलाएको बताउनुभयो ।
यस्तै फरक क्षमता भएका व्यक्तिलाई कस्ता सीपमूलक कार्यक्रममा जोड्न सकिन्छ भनेर समेत आफूहरूले चासो दिएको बताउँदै सरोकारवालाले कस्ता कस्ता क्षमताका व्यक्तिरहेका छन् भनी पहिचान गरि नगरपालिकाको सहकार्यमा सोही अनुसार कार्यक्रम गर्न चाहे सीप प्रदान गर्ने कुरा र जिविकोपार्जनमा सहयोग पुग्ने कुरामा सहयोग गर्न आफूहरूले कन्जुस्याइँ नगर्ने बताउनुभयो ।
सामाजिक विकास कार्यालयका प्रमुख ज्ञान प्रसाद भुषालले दिवसले सबैलाई एकजुट भएर आफ्नो मुद्दाहरूमा एक जुट भएर लाग्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भरखरै कार्यालय स्थापना भएको र आगामी दिनमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो । उनिहरुलाई सिर्जनात्मक काममा लगाउन ,जिविकोपार्जनमा सहयोग पुर्याउन र आवश्यक सहयोग सामाग्री बितरण लगायतका कार्यमा कार्यालयले काम गर्ने बताउनुभयो । सरोकारवालाले समेत आवश्यकताको पहिचान गरि सोही अनुसार जीवनयापनमा सहयोग पुग्ने खालका कार्यक्रम माग गरे कार्यालयले प्रदेश स्तरसम्म ति कार्यक्रम कार्यान्वयनका लागि पहल गर्ने समेत भुषालले बताउनुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला तिम्सिना, जनप्रतिनिधि दिनेश भुषाल, शास्त्रीय एक खुट्टा नृत्याङ्गना सीता सुवेदी लगायतले आफ्ना भनाइहरू राखेका थिए ।
सोही अवसरमा बिभिन्न खेलकुदका कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष सागर लुइटेलको अध्यक्षतामा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |