२०८० आश्विन १४, आईतबार
नवलपुर । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले आज देखी नवलपुरका चारवटा पालिकामा मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय मार्फत सम्बन्धित पालिकाको केन्द्रमा मतदाता नामावली संकलन कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका कार्यालय प्रमुख लालप्रसाद भुषालले बताउनुभयो । आज देखी नवलपुर चार गाउँपालिकामा मतदाता नामावली संकलन कार्य सुरु भएको हो । जिल्लाको बुलिङटार, बौदीकाली, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा मतदाता नामावली संकलन कार्य सुरु भएको कार्यालय प्रमुख भुषालले बताउनुभयो । आजदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य यि चार पालिकामा पुस दुई गते सम्म १५ दिन चल्ने उहाँले बताउनुभयो ।
यसै गरि जिल्लाका तीनवटा नगरपालिका गैंडाकोट, देवचुली र मध्यविन्दुमा पुस ५ गते देखी पुस १९ गते सम्म मतदाता नामावली संकलन कार्य हुने छ । कावासोती नगरपालिकाको हकमा भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय यही भएकाले यहीबाट मतदाता नामावली संकलन कार्य हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा मतदाता नामावली संकलन कार्य भइरहेको छ ।
आजबाट सुरु भएको मतदाता नामावली संकलन केन्द्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेले सक्कल नागरिकताको प्रमाणपत्र र सो को फोटोकपी र नागरिकतामा भएको ठेगाना भन्दा फरक स्थानमा नामावली दर्ता गर्न सक्कल नागरिकता, नागरिकताको प्रतिलिपि, बसाइ सराईको प्रमाणपत्र र सोको प्रतिलिपि , विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र तथा सोको प्रतिलिपि आवश्यक पर्ने
आजबाट सुरु भएको मतदाता नामावली संकलन केन्द्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेले सक्कल नागरिकताको प्रमाणपत्र र सो को फोटोकपी र नागरिकतामा भएको ठेगाना भन्दा फरक स्थानमा नामावली दर्ता गर्न सक्कल नागरिकता, नागरिकताको प्रतिलिपि, बसाइ सराईको प्रमाणपत्र र सोको प्रतिलिपि , विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र तथा सोको प्रतिलिपि आवश्यक पर्ने निर्वाचन कार्यालयले जनाएको छ । पालिकामाहरूमा हुने मतदाता नामावली संकलन कार्यक्रममा मतदाता नामावली सार्ने, त्रुटि सच्याउने लगायतका अद्यावधिक सम्बन्धी कार्यहरू नहुने र यस्ता कार्य जिल्ला निर्वाचन कार्यालयबाट मात्रै हुने कार्यालय प्रमुख भुषालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |