२०८१ श्रावण १२, शनिबार
कावासाेती । पुस ८ गतेदेखि कावासातीमा महाेत्सव हुने भएकाे छ । नवलपुर हाेटल व्यवसायी संघ नवलपुरकाे आयाेजनामा पुस ८ गते देखि १७ गते सम्म कावासाेती स्थित टुवाेर्ग ग्राउण्डमा महाेत्सवकाे आयाेजना गरिएको नवलपुर हाेटल व्यवसायी संघका अध्यक्ष सन्ताेस रानाले बताउनु भयाे ।
संघले १० दिने प्रथम बृहत् खाना ,पर्यटन ,सास्कृतिक तथा व्यापारीक महाेत्व गर्न लागेकाे अध्यक्ष रानाले बताउनुभयो ।
नवलपुरकाे पर्यटन विकास ,यहाँका विभिन्न जातिका खानाका परिकार सहित उनिहरुका सस्कृती झल्काउने नृत्य , जंगल सफारी , प्याराग्लाइडिङ्ग लगायत महाेत्सवकाे आकर्षण हुने आयाेजकले जनाएकाे छ ।
काेभिडका कारण सुस्ताएकाे नवलपुरकाे पर्यटन गतिविधिलाई चलायमान गराउ महाेत्सव गर्न लागिएको समेत अध्यक्ष रानाले बताउनुभयाे ।
महाेत्सवमा करिब २०० स्टल रहने र कुल १ कराेड बराबरकाे काराेबार हुने अपेक्षा गरिएकाे उहाँले बताउनुभयो ।
हाेटल व्यवसायी संघका केन्द्रीय सदस्य बालकृष्ण पाैडेलले महाेत्सवले यहाँकाे पर्यटनकाे विकास सहित जिल्लाकाे आर्थिक चलायमान गराउन सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले हाेटल व्यवसायीले फरकपन दिदै जिल्लाकाे पहिचान थप स्थापित गराउन लाग्नुपर्नेमा जाेड दिदै महाेत्सव सफल पार्न सबैकाे सहयाेग रहने विश्वास व्यक्त गर्नुभयाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |