२०८० आश्विन ११, बिहिबार
कावासोती । पौराणीक धार्मिक तथा पर्यटकिय महत्व बोकेको क्षेत्र त्रिवेणीधाममा धार्मिक पर्यटकको आगमन बढेको छ ।
नवलपरासी पूर्व (नवलपुरको) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र ) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तिर्थस्थल हो । एक महिना अगि भारतसंगको सिमा नाका खूला भएपछि भारतबाट धार्मिक पर्यटकको आगमन बढेको हो । पहिलो र दोश्रो लहरको कोभिडका कारण यहाँ भक्तजनहरुको आगमन प्रभावित बनेको थियो । दोश्रो लहरको कोभिड संक्रमण कमि आएपनि भारतसंगको सिमानाका बन्द रहेका कारण त्रिवेणी क्षेत्र सुनसान बनेको थियो । तर , नाका खुलेसंगै भारतबाट आउने धार्मिक पर्यटकको संख्यामा बृद्धि भएको गजेन्द्रमोक्ष दिव्यधामका उत्तराधीकारी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो । कृष्ण प्रपन्नाचार्यले दिनुभएको जानकारी अनुसार भारतसंगको सिमानाका खुलेपछि दैनिक ५ सयको हाराहारीमा त्रिवेणीधाममा दर्शन र घुम्नका लागि आउने गरेका छन् ।
त्रिवेणीधाममा आउने धार्मिक पर्यटकमा अधिकांश भारतीय हुन् । त्रिवेणी पुग्ने नेपालीहरुको संख्या निकै कम हुने गरेको छ । कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणीमा आउने पर्यटकमा ६५ प्रतिशत भारतदेखि र ३५ प्रतिशत नेपालीहरु छन् । पछिल्लो समय नेपालतर्फबाट आउने बाटोघाटो बिग्रेका कारण टाढाबाट आउने नेपालीहरुको संख्यामा कमि आएको छ । नजिकै पायक पर्नेहरु मात्रै त्रिवेणी पुग्ने गरेका छन् । त्रिवेणीधामको दर्शन गर्नकै लागि भनी टाढादेखी आउने नेपालीहरुको संख्यामा कमि हुँदै गएको कृष्ण प्रपन्नाचार्यले बताउनुभयो ।
यहाँ शनिबार र आईतबार पर्यटक बढि आउने गर्दछन् । माघे औँषी , साउन महिनाको सोमबार , नयाँ वर्ष जस्ता विषेश पर्व र विषेश दिनमा यहाँ २० हजारसम्म भक्तजन तथा पर्यटकको आगमन हुने गरेको कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
पछिल्लो समय यहाँ पर्यटकको मुख्य आकर्षण बनेको छ शीशमहल । शीशमहलले त्रिवेणीको नामै परिवर्तन गरेको प्रपन्नाचार्य बताउनुहुन्छ । अहिले शीशमशल भएको ठाउँ भनेर त्रिवेणी चिनिन थालेको उहाँ बताउनुहुन्छ । त्रिवेणीधाममा आउनेमध्ये करीब १५० जनाले शिसमहलको दर्शन गर्छन् । शीशमहलको भित्री भागमा सिसै सिसाको पर्खाल बनाईएको छ । यहाँ भित्र प्रवेश गर्दा एकै व्यक्तीका धेरै आकृतीहरु देखिन्छन् । महलभित्र आकर्षक राधाकृष्ण भगवानको मूर्ति समेत राखिएको छ । शीशमहल अवलोकनका लागि सामान्य शुल्क राखिएको छ । धामको खर्च व्यवस्थापनका लागि शीशमहल मुख्य श्रोत बनेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |