२०८० आश्विन १४, आईतबार
कावासाेती ।कावासाेती नगरपालिकाले नगरपालिका भित्रका पत्रकारकाे निशुल्क स्वास्थ्य बिमा शुरु गरेकाे छ । चालु आबकाे नीति तथा कार्यक्रममा पत्रकारको परिवारकाे निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अनुसार बिमा शुरु गरेकाे हाे । नेपाल पत्रकार महासंघ नवलपुरकाे समन्वयमा महासंघमा आवद्व पत्रकारको निशुल्क बिमा शुरु गरिएकाे महासंघका जिल्ला अध्यक्ष बिरेन्द्र पराजुलीले बताउनु भयाे । पत्रकारका ५ जनासम्मकाे परिवारलाई नगरपालिकाकाे सहयाेगमा निशुल्क बिमा शुरु गरिएको उहाँले बताउनु भयाे ।
विकास ,सुसाशन , आम नागरिकलाई सू सुचित गराउने काममा पत्रकारको भूमिका ठुलो रहेकाले सम्मान स्वरुप पत्रकार सहित परिवारकाे निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको कावासाेती नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनिया थारुले बताउनुभयाे ।
महासंघले कावासाेती नगरपालिकाकाे सहयाेगमा नगर भित्र रहेका करिब ६० जना पत्रकारकाे निशुल्क स्वास्थ्य बिमा कार्य शुरु गरेकाे महासंघ जिल्ला अध्यक्ष पराजुलीले बताउनुभयाे ।
जिल्लाका अन्य स्थानीय तहमा रहेका पत्रकारको समेत बिमाका लागि पहल गरिने उहाँले बताउनुभयाे । स्वास्थ्य बिमा गरेका पत्रकारका परिवारले बार्षिक १ लाख रुपैयाँ बराबरकाे निशुल्क उपचार खर्च प्राप्त गर्नेछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |