२०८० आश्विन १२, शुक्रबार
कावासोती । नवलपुर उद्योग संघले आफ्ना अल्पकालीन तथा दीर्घकालीन योजनाहरू तय गरेको छ । उद्योग संघको दुई दिने कार्य योजना तर्जुमा गोष्ठीबाट संघले आफ्ना अल्पकालीन तथा दीर्घकालीन योजना तय गरेको हो । संघले आफ्ना योजनामा उद्योग स्थापनाका वातावरण गराउने ,उद्योगमा आवद्ध श्रमजिविलाई प्रोत्साहन गर्ने देखी सामाजिक कार्य गर्ने गरि आफ्ना महत्वपूर्ण योजना तय गरेको छ । गोष्ठीबाट तय गरिएका योजनको पत्रकार सम्मेल गरि सार्वजनिक गर्दै संघ अध्यक्ष केवी रानाले जिल्लाको औद्योगिक विकास देखी सामाजिक कार्यमा संघ लाग्ने बताउनुभयो ।
संघले संस्थागत , औद्योगिक र सामाजिक विकासका योजना तय गरेको अध्यक्ष रानाले बताउनुभयो । जस अन्र्तगत अल्पकालीन रुपमा संस्थागत विकास तर्फ सदस्यता विस्तार देखी कार्यालय व्यवस्था , पालिका स्तरीय इकाई गठन, नेतृत्व विकास तालिम लगायतका रहेका छन् ।
औद्योगिक विकास तर्फ औद्योगिक सहकारी स्थापना, औद्योगिक महोत्सव, औद्योगिक विकासका लागि गुरु योजना निर्माण , लगानी सम्मेलन आदि रहेका छन् । औद्योगिक विकासका लागि लगानी सम्मेलनको तयारी अगाडि बढिसकेको अध्यक्ष रानाले बताउनुभयो ।
सामाजिक विकासमा रक्तदान कार्यक्रम, वृक्षारोपण, मजदुर स्वास्थ्य शिविर , मजदुरका छोराछोरीलाई छात्रवृति लगायतका योजना नवलपुर उद्योग संघले तयार गरेको छ ।
संघ दीर्घकालीन योजनामा नवलपुरमा दर्ता भएका सबै उद्योग नवलपुर उद्योग सङ्घमा दर्ता गर्ने देखी आफ्नै कार्यालय भवन निर्माणका दीर्घकालीन संस्थागत विकासका योजना तय गरिएको अध्यक्ष रानाले बताउनुभयो ।
औद्योगिक विकास तर्फ दीर्घकालीन योजनामा सबै पालिकाहरूमा औद्योगिक ग्राम निर्माण गर्ने, पर्यटन प्रर्वद्धनका लागि पहल गर्ने, उद्योगहरूलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थ स्थानीय स्तरमा व्यवस्थापन गर्ने लगायतका रहेका छन् ।
यस्तै सामाजिक विकास तर्फ दीर्घकालीन योजनामा औद्योगिक मजदुरका लागि राहत कोष स्थापना गर्ने लगायतका योजना तय गरिएको अध्यक्ष रानाले बताउनुभयो ।
उद्योग संघले आफ्ना कार्यक्रमहरु पालिका स्तर सम्म लैजानकालागि र सम्पर्क समन्वय गर्न पालिका सम्पर्क व्यक्तिहरु समेत छनौट गरेको छ । जस अन्र्तगत गैँडाकोटमा बसन्त श्रेष्ठ, देवचुलीमा दुर्गा विष्ट, कावासोतीमा डिबी चौधरी, मध्यविन्दुमा नवराज सापकोटालाई पालिका सम्पर्क व्यक्तीको रुपमा तोकिएको छ ।
यसै गरि विनयी त्रिवेणीमा भोजेन्द्र रायमाझि, हुप्सेकोटमा पिताम्बर कोइराला, बुलिङटारमा सन्तोष राना र बौदीकालीमा धनकान्ति घिमिरेलाई पालिका सम्पर्क व्यक्तिका रुपमा जिम्मेवारी तोकिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |