२०८० आश्विन ५, शुक्रबार
नवलपुर । नेकपा एमालेको १० औं महाधिवेशन अन्र्तगत देशै भर केही वडा बाहेक धेरै जसोमा वडा अधिवेशन सकिएको छ । नवलपुरमा ८ वटा पालिकामा रहेका ९२ वडा मध्य केही बाहेक धेरैको वडा अधिवेशन सकिएको छ । एकाध वडाको वडा अधिवेशन बाँकी रहेका छन् । बाँकी रहेका वडामा चाँडै अधिवेशन सम्पन्न हुने पार्टीले जनाएको छ ।
वडा अधिवेशन सकिन लाग्दै गर्दा जिल्लामा पालिका अधिवेशनको सरगर्मी र चर्चा सुरु हुन लागेको छ । एमालेको पालिका अधिवेशन यही ९ गते तय गरिएको छ । नवलपुरमा ९ गतेनै सबै पालिकाको अधिवेशन हुने सम्भावना भने कम रहेको छ । केही पालिकामा वडा अधिवेशननै बाँकी रहेकाले ९ गने एकै साथ ८ वटै पालिकाको अधिवेशन हुने सम्भावना कम रहेको छ । तर पालिका अधिवेशन हुन दुई दिन बाँकी रहँदा सामाजिक सञ्जालबाट सार्वजनिक रुपमा पालिकामा आफ्ना उम्मेदवारीको घोषणा हुन थालेका छन् । वडा अधिवेशन सकिएर निर्वाचितहरूले अबिर सहितका तस्बिरहरू सामाजिक सञ्जालमा राख्दा एमालेमय देखिएको सञ्जालमा लगतै हुने पालिका अधिवेशनको उम्मेदवारीका तस्बिरहरू सार्वजनिक हुदाँ आधिवेशन सरगर्मी झन बढेको छ ।
वडा अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको एमाले नवलपुरले पालिका अधिवेशनमा समेत सर्वसम्मत कमिटी चयन गरि सकारात्मक सन्देश दिन प्रयास थाली सकेको छ । तर उम्मेदवारहरूले भने क्रमश आफ्नो उम्मेदवारीको घोषणा गर्ने क्रम सुरु भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |