२०८० आश्विन १४, आईतबार
कावासोती | ब्रिटिश काउन्सिल, नेपालले आयोजना गर्न लागेको सामाजिक कार्य परियोजना (सोसिअल एक्सन प्रोजेक्ट) संचालनको लागि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका २० वटा सामुदायिक विद्यालयहरु छनौट भएका छन् | शिक्षाका शाखाका अधिकृत राजन पाण्डेकाअनुसार गत असोज महिनामा ब्रिटिश काउन्सिल, नेपालले कावासोती नगरपालिका भित्र रहेका ४० वटै सामुदायिक विद्यालयहरुबाट अनलाइन प्रस्ताव आवह्वान गरेको थियो र पेश गरिएका प्रस्तावहरुबाट २० विद्यालयहरु छनौटमा परेका हुन् |
विद्यालयहरुले पेश गरेको प्रस्तावको आधारमा छनौटमा परेका विद्यालयहरुले आ-आफ्नो विद्यालय तथा समुदायमा सामाजिक कार्य परियोजना(एसएपी) संचालन गर्नुपर्ने कावासोती नगपालिकाका स्रोत शिक्षक तिर्थराज कंडेलले बताउनुभयो | उहाँकाअनुसार सामाजिक कार्य परियोजना संचालन गर्न ब्रिटिश काउन्सिल, नेपालले छनोटमा परेका विद्यालयहरुलाई बिउ पूँजी स्वरूप ३ सय पाउण्ड अर्थात् करिव ४८ हजार नेपाली रुपैया प्रदान गर्नेछ |
परियोजना संचालन गर्न जनकल्याण माध्यमिक विद्यालय, कावासोती १, जनता माध्यमिक विद्यालय डण्डा – १४, जनता माध्यमिक विद्यालय-६, जीवन ज्योति माध्यमिक विद्यालय -३, कालिका माध्यमिक विद्यालय -५, सरस्वती माध्यमिक विद्यालय – १७, शहीद स्मृति सामुदायिक माध्यमिक विद्यालय -३, शान्ति निकुन्ज माध्यमिक विद्यालय – १२, शान्ति प्राथमिक विद्यालय – १३, श्री बालकल्याण आधारभूत विद्यालय – १४, श्री चन्द्रहंस आधारभूत विद्यालय – १४, श्री दुर्गा भवानी प्राथमिक विद्यालय- १५, श्री गोसाई बाबा आधारभूत विद्यालय- १७ , श्री ज्ञानोदय माध्यमिक विद्यालय- ८, श्री महाराजा आधारभूत विद्यालय- १, श्री नारायणी आधारभूत विद्यालय – १, श्री नवा दुर्गा आधारभूत विद्यालय – २, श्री राजरत्न आधारभूत विद्यालय – १२, सूर्योदय प्राथमिक विद्यालय – ७ र त्रिभुवन बाल माध्यमिक विद्यालय – १७ छनोटमा परेको बताइएको छ|
त्यस्तै छनोटमा परेका प्रत्येक विद्यालयका एक छात्र र १ छात्रा गरी दुई जना विद्यार्थीहरुलाई ब्रिटिश काउन्सिल, नेपालले यही कार्तिक १० र ११ गते तथा १२ र १३ गते दुई समुहमा परियोजना सम्बन्धित दुई दिने आवासीय तालिम भरतपुर, चितवनमा प्रदान गर्ने पनि श्रोत शिक्षक कंडेलले जानकारी दिनुभयो | सोही तलिमको अवसरमा कावासोती नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं ब्रिटिश काउन्सिल, नेपालका प्रतिनिधिहरुले संयुक्तरुपमा सहभागी विद्यालयहरुलाई परियोजना संचालानार्थ प्रदान गरिने बिउ पूँजीको चेक हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ |
छनोटमा परेका विद्यालयहरुले लागूऔषध दुर्व्यसन तथा साइबर अपराधविरुद्धको अभियान, बाल विवाह, वन्यजन्तु संरक्षण, बाल अधिकार, वातावरण संरक्षण जस्ता विषयहरुमा प्रस्ताव पेश गरेका श्रोत शिक्षक कंडेलले बताउनुभयो |
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |