२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस, एकीकृत माओवादी र जनमोर्चा परित्याग गरि ५३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार हुप्सेकोट गाउँपालिकामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य भिमलाल कँडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसबाट धनबहादुर सुनारी , माओवादीबाट केयर सिंह थापा र जनमोर्चाबाट नारायण गिरीको नेतृत्वमा ५३ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरूलाई एमाले केन्द्रिय कमिटी सदस्य, नवलपुर जिल्ला इन्चार्ज एवं सांसद तिलक महत र जिल्ला कमिटी अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले पार्र्टी सदस्यता प्रदान गरि अबिर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।
नेकपा एमाले हुप्सेकोट गाउँ कमिटीको आयोजनामा कमिटीका सह संयोजक मेक बहादुर पुलामाीको अध्यक्षता केन्द्रिय सदस्य ,नवलपुर इन्चार्ज एवं सांसद तिलक महतको प्रमुख आतिथ्यता, नवलपुर जिल्ला कमिटी अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको विशेष आतिथ्यता, जिल्ला सचिवालय सदस्यहरू, जिल्ला कमिटी सदस्यहरू, विभिन्न भातृ सङ्गठनका केन्द्रिय, प्रदेश एवम् जिल्ला कमिटी सदस्यहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका व्यक्तिहरू , सङ्गठित सदस्य लगायतको उपस्थितमा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।
बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरूले एमालेको पार्टीको नीति र सिद्धान्त मन पराएर आफूहरू यस पार्टीमा लागेको सो क्रममा बताएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |