२०८० आश्विन ११, बिहिबार
कावासोती । पशु कल्याणमा अभिवृद्धि , दिगो विकास र समृद्धि भन्ने नाराका साथ आज विश्व पशुपन्छी दिवस मनाइदै छ ।
विश्व पशुपन्छी दिवसको अवसरमा कावासोतीमा समेत एक दिने प्राविधिक सेवा कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा आज कावासोती ३ मा रहेको विश्वमाता गौशाला मा रहेका ८१ वटा स्थानीय नश्लका गाईहरूको उपचारमा प्रयोग हुने आन्तरीक र बाह्य परजीवी विरुद्धको औषधी ,भिटामिन र अन्य आवश्यक औषधी बितरण गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी –बर्दघाट सुस्तापूर्व को आयोजना , नेपाल भेटेरिनरी एसोसिएसन र कावासोती नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहकार्यमा कार्यक्रम गरिएको हो ।
प्राविधिक सेवा कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.रिसभ गुरागाई , पशु सेवा शाखा कावासोतीका प्रमुख डा. टेक राज पौडेल लगायत विज्ञ केन्द्र र शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |