२०८० मंसिर १६, शनिबार
कावासोती । शिक्षकको क्षमता अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर विकास गर्नका लागि तीन दिने तालिम कावासोतीमा शुरु भएको छ । ब्रिटिश काउन्सिल नेपालको सहयोगमा कावासोती नगरपालिकामा सञ्चालनमा रहेको होल स्कुल डेभलपमेन्ट प्रोजेक्ट अन्र्तगत कावासोती नगरपालिकाको आयोजनामा तालिम शुरु भएको हो । कावासोतीमा विभिन्न समूहमा शुरु भएको इन्ट्रोडक्सन टु कोर स्किल फर टिचर तालिममा नगरपालिका भित्रका १ सय ७५ शिक्षकको सहभागिता रहेको छ ।
तालिमको शनिबार उद्घाटन गर्दै कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्न कावासोती नगरपालिकाले काम गरिरहेको बताउनुभयो । अझै पनि शिक्षकहरुमा तालिमको कमी भएको भन्दै उहाँले ब्रिटिस काउन्सिल नेपालको सहकार्यमा नगरपालिकाले शिक्षा क्षेत्रको सुधार र शिक्षकको क्षमता बिकासका लागि काम गरिरहेको बताउनुभयो ।
ब्रिटिस काउन्सिलले अहिले शिक्षकको क्षमता विकास, विद्यायलयको व्यवस्थापन सुधार लगायत शिक्षाको गुणस्तर विकासका लागि सहकार्य गरिरहेको बताउँदै ब्रिटिस काउन्सिलले हात झिके पनि नगरपालिका यसलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको थप प्रभावकारी बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताउनुभयो । यसका लागि नगरपालिका लागि पर्ने बताउनुभयो ।
उहाँले कतिपय शिक्षकले उत्कृष्ट रुपमा काम गरिरहेको भन्दै वार्षिक रुपमा उनिहरु लाई प्रोत्साहन गर्ने गरि सम्मान गर्नुपर्ने समेत बताउनुभयो । यसले शिक्षाको गुणस्तर वृद्धिमा थप सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
तालिममा सहभागि शिक्षकहरूलाई तालिम केवल तालिमका लागि मात्रै नभएर केही नयाँ विषय सिक्ने र सो सिकाइ शिक्षाको गुणस्तर विकासमा लगाउँछु भनेर लाग्न सहभागीलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा अधिकृत राजन पाण्डेले होल स्कुल डेभलपमेन्ट प्रोजेक्ट अन्र्तगत शिक्षाको गुणस्तर विकासमा नगरपालिका लागि रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई समस्या सँग साक्षातकार हुने र सो को समाधान गर्न सक्ने गरि सिकाइलाई जोड दिँदै जानुपर्ने बताउनुभयो ।
कावासोतीका विभिन्न स्थानमा शुरु भएको तालिम अन्र्तगत होटल व्यु ह्याभेनमा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका श्रोत शिक्षक तीर्थ कँडेलले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |