२०८० मंसिर २५, सोमबार
चोरमारा । नवलपरासी पूर्व नवलपुरको विभिन्न स्थानीय तहले थारु समुदायको जितिया पर्वको अवसरमा स्थानीय बिदा दिएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र कावासोती नगरपालिकाले जितियाको अवसरमा बुधबार स्थानीय बिदा दिएका हुन् ।
मध्यविन्दु नगरपालिकामा यसअघि २०७७ चैत १९ गते जितिया पर्वको अवसरमा बिदा दिने निर्णय भएको थियो । सोही बमोजिम बुधबार नगरपालिका अन्र्तगतको सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजिक संस्थाहरु बिदा हुने नगरपालिकाले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिकामा भदौं ९ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय बमोजिम स्थानीय बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योतीराज अर्यालले बताउनुभयो ।
यस्तै कावासोती नगरपालिकामा कार्य बाहक नगर प्रमुख स्तरिय निर्णयबाट बुधबारको लागि स्थानीय बिदा दिएको कावासोती नगरपालिकाले जनाएको छ । तराईको आदिबासी थारु समुदायको बसोबास रहेको नवलपुरमा जितिया पर्व विभिन्न कार्यक्रमको समेत आयोजना गरि मनाउने गरिन्छ । जिल्लाको विभिन्न स्थानमा जितियाको अवसरमा खेलकुद सहित सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |