२०८१ श्रावण १२, शनिबार
नारायण प्रभु ।कावासोती । कावासोती नगरपालिका वडा नं.२ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले आज परेको आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई सहयोग हस्तान्तरण गर्नुभएको छ।
आफूले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालय कावासोती वडा नं.६ को जनता माध्यमिक विद्यालयलाई पौडेलले प्राविधिक शिक्षा सञ्चालनको लागि भौतिक संरचना निर्माण गर्न सहयोग होस भन्ने उद्देश्यले ५२ हजार एक सय बराबरको चेक हस्तान्तरण गरि सहयोग गर्नुभएको छ।
गतसाल विद्यालयले आयोजना गरेको धनधान्याञ्चल महायज्ञमा पौडेलले स्वर्गीय पिता हरिदत्त पौडेल र सम्पूर्ण पित्रीहरुको सम्झनामा विद्यालयलाई सहयोग गर्छु भनी गरेको संकल्प आफ्नै जन्मदिनको अवसरमा पूरा गर्न पाएकोमा आफू अत्यन्तै खुशी भएको बताउनु भयो ।श्रीमती र छोरा सहित सहयोग लिएर विद्यालय पुग्नुभएका पौडेलले विद्यालयका अध्यक्ष डिल्लिराम भुसाललाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |