२०८१ श्रावण १२, शनिबार
कावासोती । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार नवलपुरमा रहेका स्थानीय तहहरू मध्य मध्यविन्दु नगरपालिकाको उठाउनुपर्ने बेरुजु रकम धेरै देखिएको छ । उक्त स्थानीय तहले उठाउनुपर्ने बेरुजु रकम आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ६६ लाख ५९ हजार रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको प्रावधानका कारण मध्यविन्दु मा उठाउनुपर्ने बेरुजु रकम धेरै देखिएको मध्यविन्दु नगरपालिकाका सूचना अधिकारी सुमन राज रेग्मिले बताउनुभयो । यो प्रावधानका कारण नगरभित्रका वनबाट मात्रै १ करोड ४३ लाख रकम उठाउनुपर्ने भनेर महालेखाले प्रतिवेदनमा उल्लेख गरेका कारण उठाउनुपर्ने बेरुजु रकम धेरै देखिएको उहाँले बताउनुभयो । यो रकम वनबाट उठाउनुपर्ने देखाएकाले नगर स्तरका कार्यक्रमबाट हुन आएको उठाउनुपर्ने बेरुजु रकम भने धेरै कम हुने सूचना अधिकारी रेग्मिले बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐनको ६२ ९क०मा स्थानीय तहले आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक तथा वैज्ञानिक वनबाट जति राजश्व उठाउँछन् त्यसको १० प्रतिशत स्थानीय तहलाई बुझाउनुपर्ने प्रावधान रहेको छ । सोही आधारमा महालेखाले मध्यविन्दु नगरपालिका भित्र भएका वनहरुले संकलन गरेको वार्षिक राजश्वको आधारमा स्थानीय तहले उठाउनुपर्ने भनेर उल्लेख गरेको सूचना अधिकारी रेग्मिले बताउनुभयो ।
यहाँका वनहरुले भने आफूहरू वनको ऐन अनुसार चल्ने र सो ऐनमा त्यस्तो कुनैपनि व्यवस्था नभएको भन्दै रकम स्थानीय सरकारलाई नबुझाउने बताउँदै आएका छन् । कानुनतः स्थानीय सरकार सञ्चालन ऐन अनुसार लिन पर्ने रकम भएपनि वनहरुले भने आफ्नो प्रावधान अनुसार दिन नपर्ने बताउने गरेका छन् ।
‘आफुहरुले ऐन अनुसार माग्दा माग्दै नआएको हो, उहाँहरूको धारणा फरक छ । तर मलेपले प्रदेशको वनबाट तथ्याङ्क लिएर , त्यही आधारमा १ करोड ४३ लाख तिमिहरुले उठाउनुपर्छ भनेर लेखिदिएको छ’ सूचना अधिकारी रेग्मिले भन्नुभयो–खासमा वनलाई तिमिहरुले स्थानीय तहलाई दिनुपर्ने रकम किन दिएनौं भनेर लेख्नुपर्ने हो, हामीलाई उठाउन सकेनौ भनेर लेखिदिदा धेरै उठाउनुपर्ने बेरुजु देखियो । नीतिगत रुपमा स्पष्ट भएपनि केही ग्याप हुदाँ स्थानीय तहले लिन खोज्ने वनले नदिने गर्दा यस्तो देखिएको उहाँले बताउनुभयो ।
मध्यबिन्दु सहित अन्य कतिपय स्थानीय तहमा समेत यस्ता खालका उठाउनुपर्ने बेरुजु रकम देखिएका छन् । जिल्लामा मलेपको प्रतिवेदन अनुसार उठाउनुपर्ने बेरुजु रकम ४ करोड ४६ लाख ५५ हजार रहेको छ । यसमा वनले बुझाउनुपर्ने रकमको हिस्सा समेत रहेको छ । वनले स्थानीय सरकारलाई १० प्रतिशत रकम नबुझाउदा यस्तो उठाउनुपर्ने बेरुजु बढ्ने देखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |