२०८१ श्रावण १२, शनिबार
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको बताउनु भएको छ । हेटौडा–भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत खपत बढाउन नसकेको बताउनुभयो । ‘ उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाडै बनाउन आवश्यक छ’ निर्देशक घिसिङले भन्नुभयो –हामिले यसका लागि पहल गरिरहेका छौं ,राज्यका सबै संयन्त्रले सहयोग गर्नु पर्यो ।
प्रसारण लाइन निर्माणको क्रममा बिभिन्न अवरोध हुदाँ कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । प्रसारण लाइनका कारण दैनिक विद्युत खेर गएको तर पाउनुपर्ने उद्योगीहरूले नपाएको उहाँले बताउनुभयो ।
प्रसारण लाइनको कारण विद्युत खपत बढाउन समस्या भएपछि आफू लगायतको टोली निर्माणका क्रममा रहेका प्रसारण लाइन आयोजनाको निरीक्षणमा निस्किएको उहाँले बताउनुभयो ।
चितवनको भरपुरबाट पश्चिम १३२ केभिको सिंगल सर्किटबाट ९० मेगावाट मात्रै विद्युत पठाउन सकिएको भन्दै निर्माणधीन २२० केभि प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेगावाट विद्युत बुटवल सम्म पुर्याउन सकिने उहाँले बताउनुभयो । नवलपुर ,परासी , बुटवल क्षेत्रमा उद्योगहरूले विद्युत धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उहाँले बताउनुभयो ।
बुटवल सहित भैरहवा, साथै नेपालगञ्ज सम्म विद्युत लोड बढाउन आफूहरू लागि परेको निर्देशक घिसिङले बताउनुभयो । यसका लागि हेटौंडा–भरतपुर –बर्दघाट २२० केभि प्रसारण लाइन चाडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
तामाकोसी परियोजनाबाट अहिले ४५६ मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुदाँ भरतपुर देखी पश्चिम जान नसकेको उहाँले बताउनुभयो । यस कारण विद्युत खेरगइरहेको र दैनिक करोडौं रुपैयाँ गुमिरहेको निर्देशक घिसिङले बताउनुभयो बताउनुभयो ।
उहाँले विद्युतको खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउदै जानुपर्ने बताउनुभयो । पेट्रोल भन्दा धेरै सस्तो समेत पर्ने भएकाले यसको प्रयोग बढाउन देशका बिभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको भन्दै ठाउँ उपलब्ध गराए नवलपरासी पूर्व नवलपुर क्षेत्रमा समेत चार्जिङ स्टेसन निर्माण गर्न सकिने बताउनुभयो । विद्युत धेरै खपत उद्योगहरूले गर्ने हुँदा थ्रि फेज लाइन जोड्न कुनै पनि उद्योगीलाई समस्या भए ,ढिला सुस्ती भए सिधै आफूलाई सम्पर्क गर्न आग्रह समेत गर्नुभयो । उहाँले आफू मातहतका कार्यालयहरूलाई उद्योगीहरूलाई विद्युत लाइन दिने काममा सहजिकरण गर्न समेत निर्देशन दिनुभयो ।
यसै क्रममा नवलपुरको बोझा पोखरीमा सबस्टेसन निर्माणमा ढिलाई भएको र यसका कारण जिल्लाका दुई गाउँपालिकामा अझै राष्ट्रिय प्रसारणको लाइन पुग्न नसकेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । निर्देशक घिसिङले शवस्टेनको चाडै सक्न आफुले पहल गर्ने र बजेटको अभाव हुन नदिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइन आयोजनाको नवलपुर क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो । प्रसारण लाइनको नवलपुरमा १९३ वटा टावर पर्दछन् , जसमध्य १९१ वटा टावर बनिसकेको र अदालतको स्टे अडरका कारण दुम्किबास क्षेत्रमा दुईवटा टावर बन्न नसकेको उहाँले बताउनुभयो । स्थानीय स्तरबाट प्रसारण लाइन निर्माण हुने समस्या समाधानकालागि आफूहरू लागि रहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो ।
हेटौंडा –भरतपुर–बर्दघाट २२० केभि प्रसारण लाइन अन्र्तगत भरतपुर पश्चिममा २४६ र पूर्वमा २२६ वटा टावर रहेका छन् । फागुन सम्ममा भरतपुर पूर्वको काम सकिने जनाइएको छ । नवलपुरमा भने दुई वटा टावर निर्माणका क्रममा स्थानीयको अवरोध पछि अहिले यस विषय अदालतमा रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |