२०८० आश्विन ५, शुक्रबार
नवलपुर । नवलपुर जिल्लाको प्रतिनिधित्व गर्दै शहीद स्मारक सि डिभिजन छनौट खेल खेल्न कावासोतीका खेलाडी टोली काठमाडौं प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागि हुन कावासोतीको २८ बिगाहा युवाक्लबका खेलाडी टोली काठमाडौं प्रस्थान गरेका हुन् । खेलाडी टोलीलाई नवलपुर जिल्ला फुटबल संघले कावासोतीमा एक कार्यक्रम गरि बिदाई गरेको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको संयोजनमा एक कार्यक्रमको आयोजना गरि खेलाडी टोलीलाई सफलताको कामना सहित बिदाई गरिएको अध्यक्ष सेतमान पुनले बताउनुभयो । खेलाडीहरूलाई बिभिन्न आवश्यक सामाग्री प्रदान गरि बिदाई गरिएको थियो ।
२८ बिगाहा युवाक्लबले २८ गते सि डिभिजन छनौटको पहिलो खेल खेल्नेछ । पहिलो चरण लिग हुनेछ भने दोश्रो चरणबाट नकआउट चरणका खेल हुनेछन् ।
सि डिभिजन छनौट खेलका लागि देश भरिबाट ७८ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमध्येबाट तीनवटा मात्रै टिम सि डिभिजनमा छनौट हुनेछन् । छनौट भएका टिमले सि डिभिजन लिग खेल्न पाउनेछन् । रेलिगेसनमा नपरे छनौट भएका टिमले लगातार सि डिभिजन लिग खेल्न पाउनेछन् । सोही टिमबाट खेलको आधारमा बि हुँदै ए डिभिजनमा बढुवा समेत हुँदै जानेछ ।
आजनै कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले खेलाडीहरूलाई सफलताको कामना सहित आवश्यक सामाग्री प्रदान गरि बिदाई गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |