२०८० आश्विन ५, शुक्रबार
कावासोती । छोटो दूरीमा यात्रा गर्न सहज बनाएको ईरिक्साको भाडा दर भने मनोमानी हुने गरेको स्थानीयको गुनासो रहेको छ ।नवलपुरको सदरमुकाम समेत रहेको कावासोतीमा अहिले छ्याप छ्यापती ई रिक्सासञ्चालनमा रहेका छन् । तर ई रिक्साको भाडा भने एकरूपता नहुदाँ यात्रुहरू ठगिदै आएकाछन् । सार्वजनिक सवारीका रुपमा सञ्चालनमा आएपछि यसका आफ्नै सामाजिक दायित्व र मापदण्डसमेत रहने गर्दछ । तर ई रिक्साले समान दूरीमा समेत ठाउँ समय , व्यक्ति हेरी भाडाअसुल गर्ने गरेको गुनासो रहेको छ । दिउसो कुनै ठाउँ पुग्न ५० तिर्नेले साँझ,रातपर्नै बेला आपतको समयमा सोही ई रिक्साको भाडा कयौं गुणा महँगो हुनेगरेको स्थानीय श्याम कृष्ण गुरुङले बताउनुभयो ।
त्यतिमात्रै होइन ई रिक्साको संख्या बढ्दैजादा छोटो दूरीमा भित्री सडकमा यात्रा गर्न सहज भएपनि यसको अव्यवस्थित पार्किङकोसमस्या उस्तै रहेको छ । व्यवस्थित रुपमा पार्क नगर्दा दुर्घटना मात्रै होइन , बजारका चोकचौराहा अव्यवस्थित जस्तो देखिने गर्दछ ।
ई रिक्सा प्रति सर्वसाधारणको धेरै गुनासोआएपछि कावासोती नगरपालिकाले नगर भित्र सञ्चालनमा रहेका ई रिक्साको व्यवस्थापन गर्नथालेको छ । त्यसकालागि केही दिन अघि मात्रै कार्यपालिकाको बैठक बसेर अटो रिक्सा, ईरिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ निर्माण गरि जारी गरेको छ ।त्यस लगतै नगरपालिकाले भदौ २० गते एक सूचना जारी गरि भदौ ३१ गते भित्र ई रिक्साहरुलाई दर्ताका लागि आवहन गरेको छ । नगरपालिकाले सूचना जारीगर्दै दर्तामा नआउने अटो , ई रिक्सालाई नगरपालिकाले निर्माण गरेको कार्यविधि अनरुपकारवाही हुने समेत उल्लेख गरेको छ । नगर भित्रका अटो तथा ई रिक्साको भाडा दरमासमेत एक रूपता कायमका लागि नगरपालिकाले दर रेट तयार पारेको छ । असोज १ गते देखिलागु हुने गरि नगरपालिकाले नयाँ दररेट कायम गरेको हो । जस अनुसार नगरपालिकाभित्रका छोटो दूरी २ किलोमिटर सम्म यात्रा गर्दा २५ रुपैयाँ, ४ किलोमिटर सम्मको५० र त्यस भन्दा धेरै लामो दुरीको ८० रुपैयाँ भाडा दर कायम गरिएको कावासोतीनगरपालिकाले जनाएको छ ।
असोज १ गते देखी लागु हुने नयाँ भाडा दरकायम गराउन यात्रु समेत सजग हुन आवश्यक रहेको छ । भाडादरमा एक रूपता कायम गर्दै अटोई रिक्सालाई थप व्यवस्थित बनाउन चालकको समेत भूमिका उत्तिकै रहने छ । यदि कायमभएको भाडा दर अनुसार नभए यात्रुले सम्बन्धी निकायमा उजुरी गरि अटो ,ई रिक्साको मनोमानी भाडा दर रोक्न लाग्न आवश्यक रहेको कावासोतीका स्थानीय सुमन पराजुलीलेबताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |