२०८१ श्रावण १२, शनिबार
कावासोती । निजामती सेवा दिवसको अवसरमा कावासोतीको पोखरी तालमा वृक्षरोपण गरिएको छ । दिवसको अवसरमा कावासोती नगरपालिकाका कर्मचारी परिवारको सहभागितामा पोखरी तालमा बिभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपिएको हो ।
वृक्षरोपण पश्चात बोल्दै कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले निजामती कर्मचारीले इमानदार पूर्वक आफ्नो कतव्र्य निर्वाह गर्नुपर्ने बताउनुभयो । दिवसका अवसरमा उहाँले सबैमा शुभकामना समेत प्रकट गर्नुभयो । साथै निजामती सेवा दिवसको दिन फरक तरिकाबाट वातावरण संरक्षणको सन्देश दिने हिसाबले आफूहरूले दिवस मनाएको उहाँले बताउनुभयो । आगामी दिनमा रोपिएका बिरुवाको संरक्षणमा समेत लागिने शाखा प्रमुख भण्डारीले बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा बोल्दै पोखरी ताल संरक्षण समितिका अध्यक्ष शिवप्रसाद भट्टराईले नगरपालिकाले पोखरी ताललाई रोजी वृक्षरोपण गरेकोमा धन्यवाद दिदै आगामी दिनमा यसको विकासका लागि समेत सबैले पहलगर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
वृक्षरोपण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागिला, लेखा शाखा प्रमुख मदन गौतम, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला तिम्सेना लगायत नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |