२०८० आश्विन १२, शुक्रबार
कावासोती । निजामती सेवा दिवसको अवसरमा कावासोतीमा वृक्षारोपण कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा कावासोती २ मा रहेको शिव सामुदायिक वन क्षेत्रको वाटिकामा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण पूर्व भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नवलपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश अर्जुन अधिकारीले निजामती कर्मचारीले देशको लागि केही गर्छु भनेर इमान्दारीका साथ लाग्नुपर्ने बताउनुभयो । आफ्नो भूमिका अनुसार देशको लागि सेवा गर्छु भन्ने गरि लाग्नुपर्ने बताउनुभयो । कर्मचारीले सेवाको भावले लागे सेवाको प्रभावकारिता बढ्ने साथै साख र गर्भ महसुस हुने उहाँले बताउनुभयो ।
अहिले कर्मचारीमा कार्य दक्षताको अभाव देखिएको भएपनि यसको कारण बारे भने खासै खोजी नभएको उहाँले बताउनुभयो । ‘एउटा कारण कार्यक्षमता भन्दा आरक्षणले समस्या पारेको त होइन भन्दै’ उहाँले भन्नुभयो– आरक्षण समेत क्षमता , र जसले ,जुन वर्गले पाउनुपर्ने हो उनीहरूले नपाएका हुनकी भन्ने छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले निजामती कर्मचारीले इमानदार भएर सेवालाई प्रभावकारी बनाउने गरि लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने अन्य कतिपय वक्ताहरूले निजामती सेवातर्फ राजनीति हावी भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । कर्मचारी भएपछि राजनीतिक हिसाबले जोडिन नहुनेमा जोड दिइएको थियो ।
कार्यक्रम कर्मचारी मिलन केन्द्र नवलपुरका अध्यक्ष मोहनराज काफ्लेको अध्यक्ष तथा सचिव कृष्णचन्द्र पोखरेलको सञ्चालनमा भएको थियो । कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुख ,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |