२०८० आश्विन १४, आईतबार
कावासोती । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनील)ले अबको चुनावमा माओवादी केन्द्र एक नम्बरको पार्टी बन्ने कावासोतीको एक कार्यक्रममा दाबी गरेका छन् । अखिल क्रान्तिकारी नवलपुरको १६ औँ जिल्ला सम्मेलनमा बोल्दै सुनिलले पार्टी भित्रका कुसंस्कृति विरुद्ध विद्यार्थीहरू एक भएर लड्न समेत आग्रह गरेका छन् । विद्यार्थी संगठन भनेको परिवर्तनको संवाहक भएकाले विद्यार्थीहरू सधैँ सडक बाघको रूपमा रहिरहनु पर्ने बताएका थिए ।
अहिले विवादित रहेको एमसिसि लाई गहिरिएर अध्ययन गर्न पनि आग्रह गरेका थिए । समाजवादी यात्राका लागि कम्युनिष्ट पार्टी एकता गरेको भए पनि ओलीको अहमले गर्दा त्यो पूरा हुन नसकेको कुरा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले बताएका थिए । कार्यक्रममा अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य किशन शर्मा, संगठनका जिल्लाका पूर्व अध्यक्षहरूले शुभकामना मन्तव्य दिएका थिए । कावासोतीको खानेपानी सभाहलमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी नवलपुरका संयोजक ईश्वर गैह्रे रहेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |