२०८० आश्विन १२, शुक्रबार
कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले राज्यले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताउनु भएको छ । राज्यले केही आफ्ना दायित्व अन्र्तगत पर्ने काम नाफा वा घाटा जे भएपनि गर्नुपर्ने र त्यसबाहेकका क्षेत्रमा भने राज्यको भूमिका समन्वयकर्ता र उत्प्रेरकको रुपमा हुनुपर्ने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा नवलपुर उद्योग संघको दोश्रो साधारणसभा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेले भन्नुभयो ‘राज्यले निजी क्षेत्रलाई प्रोमोट गर्नुपर्छ, ,राज्यले आफै उद्योग चलाउँछु, आफै व्यापार गर्छु ,आफै कमाउँछु ,त्यो सम्भव छैन भन्ने कुरा प्रमाणित भएको छ । केही दायित्वहरूको छन् जुन राज्यले बोक्नुपर्छ ,चाहे घाटा लागोस चाहे फाइदा होस , ति सेक्टर बाहेक अरुमा राज्यको भूमिका भनेको समन्वय कर्तको हो, उत्पे्ररकको हो ,जसका आधारमा निजी क्षेत्रहरू अघि बढ्नुपर्छ ।’
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेले उद्योग स्थापनामा केही कानूनी जटिलता रहेको स्वीकार गर्दै कानून सहज बनाउने तर्फ लाग्नुपर्ने बताउनुभयो । कानूनले रोक्ने भन्दा भएका अप्ठ्यारा फुकाउनुपर्ने उहाँले बताउनुभयो । ‘कानून राम्रो हुनु पर्यो, कानून सहज हुनुपर्यो, कानूनले रोक्ने होइन ,कानूनले फुकाउन पर्यो, यस तर्फ हाम्रो ध्यान नपुगेको स्वीकार गर्नुपर्छ’ मुख्यमन्त्री पोखरेले भन्नुभयो –कानूनी अप्ठ्यारो फुकाउन भने अझै पनि माथि ताक्नुपर्ने छ । उद्योग स्थापनाका लागि आउने अप्ठ्यारो फुकाउन आफू र आफ्नो प्रदेशले गर्ने कुरा तत्काल हुन सक्ने र प्राथमिकतामा पर्ने उहाँले बताउनुभयो । तर अझै पनि धेरै कुराहरू संघीयताको मर्म अनुसार बढ्न नसकेको मुख्यमन्त्री पोखरेले बताउनुभयो । ‘मैले फुकाइदिने कुरा , मेरो प्रदेशको कुरा तत्काल हुन सक्थ्यो, यो मेरो प्राथमिकतामा हो , केन्द्रबाट धेरै जटिल हुन्छ भनेर संघीयता ल्याएको हो तर अहिले पनि धेरै यस्ता कुराहरू छन् जुन यो मर्म अनुसार अगाडि बढ्न सकेको छैन’ मुख्यमन्त्री पोखरेले भन्नुभयो ।
मुख्यमन्त्री पोखरेले प्रदेश सरकारले औधोगिक क्षेत्रमा लगानीकर्ता भित्राउन लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउनुभयो । यसकालागि राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ताहरू बिच छलफल चलिरहेको समेत उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |