२०८० आश्विन ११, बिहिबार
डेढगाउँ । नवलपुरको बौदीकाली गाउँपालिका ५ मा अविरल वर्षाका दुई घरमा क्षति पुगेको छ । बौदीकाली गाउँपालिका ५ बबक स्थित बोझाडी निवासी जंग बहादुर राना र हर्बले निवासी वीर बहादुर परियारको घरमा क्षति पुगेको वडा अध्यक्ष खिम बहादुर थापालाई उद्धृत गर्दै स्थानीय आशिष रानाले बताउनुभयो । घर अविरल वर्षाका कारण बस्न योग्य नभएकाले उनिहरुलाई अन्य छिमेकमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाईएको छ । गत हप्ता आएको अविरल वर्षाले घरमा क्षति पुगेको हो ।
यसै गरि गाउँपालिकाको रुचाङ्ग र डेढगाउँमा समेत पाँच घरमा क्षति पुग्दा विस्थापित भएका छन् । रुचाङ्गका तीन र डेढगाउँका दुई घरमा क्षति पुगेको हो । उनिहरुलाई समेत सुरक्षित स्थानमा छिमेकीको घरमा राखिएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो ।
तस्विर सौजन्य आशिष राना मगर
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |