२०८१ श्रावण १२, शनिबार
गंगा विश्वकर्मा । चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले गत आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रणमा ३५ लाख भन्दा बढि खर्च गरेको छ । आ।व। २०७७÷७८ मा कोभिड १९ न्यूनीकरणका लागि ३५ लाख ६८ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले दिएको जानकारी दिनुभयो ।
जसमध्ये सबै भन्दा बढी सर्जिकल सामाग्री र बेड खरिदमा १६ लाख ५७ हजार ५१ रुपैयाँ खर्च भएको सापकोटाले बताउनुभयो । मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा अस्थाई कोभिड–१९ अस्पतालको पूर्वाधार निर्माणमा सात लाख ५० हजार रुपैयाँ खर्च भएको छ । कोभिड–१९ संक्रमितलाई यातायात तथा एम्बुलेन्समा ओसारपसार खर्च एक लाख ३२ हजार दुई सय ८० रुपैयाँ, अक्सिजन रेगुलेटर पाँच वटाको १६ हजार पाँच सय ९३ रुपैयाँ, पिपिइ, सर्जिकल मास्क लगायत कोभिड उपचार औषधीका लागि एक लाख ५८ हजार दुई सय १८, अक्सिजन सिलिन्डर पाँच वटा र औषधीको एक लाख ३० हजार तिन सय ५३ रुपैयाँ, कोभिड–१९ संक्रमित बिरामीको औषधि खरिदको भुक्तानी एक लाख ५५ हजार चार सय ५४ रुपैयाँ र अक्सिजन ग्यास भरेको भ्याट बिल अनुसारको रु ६८ हजार पाँच सय ४८ रुपैयाँ खर्च भएको सापकोटाले बताउनुभयो ।
यस्तै प्रदेश सरकारबाट प्राप्त अक्सिजन कन्सन्टेटर, नेबुलाइजर, प्लस अक्सीमिटर र औषधीको भुक्तानी ५ लाख समेत गरेर सो रकम खर्च भएको हो । कोभिड–१९ को दास्रो लहर शुरु भएपछि मध्यविन्दु नगरपालिकाले कोभिड–१९ व्यवस्थापनको लागि अस्थाई अस्पताल निर्माण देखि सिलिण्डर खरिद सहितको कार्य गरेको थियो ।
कोभिड–१९ सङ्क्रमणको दर केही कम भएपनि यसको जोखिम कायमै रहेको कारण चालु आर्थिक वर्षमा समेत कोभिड–१९ न्यूनिकरणमा थप रकम खर्च हुने अनुमान रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |