२०८० आश्विन १४, आईतबार
दुम्किबास।पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका एक स्थीत बिनयी खोलाको झोलुङ्गे पुल बाढीले क्षती पु¥याएको छ ।
वडा नं. एक को बगुवन र सिसेनी जोड्ने उक्त झोलुङ्गे पुल बिहीबारराति देखि परेको अविरल वर्षाका कारण आएको बाढीले एकतर्फको पिल्लर ढलाएको छ भने, डोरी समेत चुडेको बगुवन निवासी वडा नं. एकका सदस्य भिम बहादुर सोमैले जानकारी दिनुभयो । वडा सदस्य सोमैका अनुसार पुलमाथी चढ्ने सिंडी पनि भत्किएको छ ।
गत वर्षको कात्तिक महिनामा उक्त पुलको उद्घाटन गरिएको थियो । पुल नहुँदा वर्षाको समयमा बगुवनका बासिन्दा औषधी उपचार गर्न , आफ्ना महत्वपूर्ण काम गर्न , दुम्किवास बजारमा किनमेल गर्न र गाउँपालिका कार्यालयमा हुने कामका लागि समेत आउन पाउँदैनथे । अत्यन्तै जरुरी काम परेमा बिनयी खोलाको उर्लदो भेलमा ढुङ्गा चढेर वारपार गर्नुपर्ने बाध्यता थियो । गण्डकी प्रदेश सरकारले बजेट बिनियोजन गरेपछि गत वर्ष मात्रै पुल सम्पन्न भएको थियो । पुल बनेपछि आवतजवतमा सहज भएको थियो । तर वर्षदिन नपुग्दै बाढीले पुलमा क्षती पुगेपछि फेरी पनि पहिलेकै अवस्था आउने भन्दै बगुवनका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
पुल कतिबेला सबै बाढीले भत्काउँछ भन्ने यकिन नभएको स्थानीय बासिन्दा भिम बहादुर खनगाहाले बताउनुभयो । कामले आउजाउ गर्नुपर्ने स्थानीय क्षतीग्रस्त पुलबाट वारपार गरेकाले जोखिम भएको उहाँले बताउनुभयो । समयमै उक्त पुलको मर्मत कार्य नगरेमा जोखिम बढ्ने र मानविय क्षती हुने सम्भावना रहेकाले सम्बन्धीत निकायले थयाशिघ्र मर्मतका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।
बगुवनमा मगर समुदायको बाहुल्यता छ । यहाँ दुई सय घरपरिवार बसोबास गर्दै आएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |