२०८१ श्रावण १२, शनिबार
नवलपुर ।पहिरोमा परि शुक्रबार बिहानदेखी वेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व ० नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परि बेपत्ता तीनै जनाको शव शनिबार दिउसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।
शुक्रबार दिनभरि सुरक्षाकर्मी सहित स्थानीयले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए । हुप्सेकोट –४, माथिल्लो चारघरेका हस्त बहादुर पुलामीका श्रीमती ४० वर्षीय धनमाया पुलामी, नातिनीहरू ७ वर्षीय भुमिसरा पुलामी र ६ वर्षीय देउमाया पुलामी राति सुतिरहेको समयमा आएको एक्कासि गएको पहिरोमा परि बेपत्ता भएका थिए । हस्त बहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |