२०८० आश्विन ११, बिहिबार
कावासोती । अविरल वर्षाका कारण कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हात्तिखोर नजिक खानेपानीको पाइप बाढीले बगाएको छ । कावासोती नगरपालिका वडा नम्बर १ स्थित केरुङ्गे खोलामा रहेको खानेपानीको मुहान देखी दुई किलिमिटर तल को स्थानमा करिब डेढ किलोमिटर पाइप बगाएको कावासोती खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष भिमलाल कंडेलले बताउनुभयो । केरुङ््गे खोलामा आएको बाढिले पाइपमा क्षति पुर्याएको अध्यक्ष कंडेलले बताउनुभयो ।
खानेपानीको पाइप बगाएपछी कावासोती वडा नम्बर ५ र ६ मा पानी बितरणमा समस्या हुने उहाँले बताउनुभयो । आजको दिनकालागि मौज्दात रहेको पानीले धान्ने भएपनी त्यसपछी पाइप मर्मत नगरी पानी बितरण गर्न समस्या हुने उहाँले बताउनुभयो ।
पाइप मर्मतका लागि अहिले बाढीका कारण असम्भव रहेकाले पानी कम हुने वित्तिकै अहिले अस्थाइ रुपमा पाइपको जडान गरि खानेपानी सुचारु गरिने छ । स्थायी रुपमा मर्मतका लागि भने केही समय लाग्ने अध्यक्ष कंडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |