२०८० आश्विन १५, सोमबार
कावासोती । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।
नारायणगढ–बुटवल सडक बिस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरि सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।
यस्तै गैंडाकोट थुम्सी, भेडाबारी लगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभर फ्लो’ भएकाले सवारी सञ्चालनमा कठिनाइ रहेको उहाँले बताउनुभयो ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध बनेको छ । प्रहरीको टोली त्यस तर्फ प्रस्थान गरेको भएपनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।
अविरल वर्षाका कारण नवलपुरका बिभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट ४ मा एउटा घरमा पहिरोका कारण क्षति भएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको छ । अविरल वर्षका कारण कावासोती ,गैंडाकोट, देवचुली, मध्यबिन्दु , विनयी त्रिवेणी,हुप्सेकोटका बिभिन्न स्थान डुबानमा परेका छन् । बाढी ,पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |