२०८० आश्विन १२, शुक्रबार
नवलपुर ।व्यापक बिरोध पछि यातायात कार्यालय नवलपुरमा रोकिएको फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर संकलन र नविकरण आजदेखि सुचारु हुने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै भदौं ११ गते देखि पुनः सेवा सुचारु हुने जनाएको हो । गण्डकी प्रदेश बाहेकका प्रदेशका दर्ता भएका सवारी साधनको सवारी कर संकलन कार्य स्थगित गरेपछि जनस्तरमा व्यापक बिरोध भएको थियो ।
यातायात कार्यालय नवलपुरले चालू आव ०७८÷७९ का लागि गण्डकी प्रदेशको भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयबाट परिपत्र नआएको भन्दै कर संकलन र नविकरण रोकेको थियो ।
आजदेखि गण्डकी प्रदेशमा दर्ता भएका वा सवारी धनी गण्डकी प्रदेश रहेको सवारी साधनहरुको सवारी कर संकलन एवम् नवीकरण कार्य सुचारु हुने यातायात व्यवस्था कार्यालय कावासोतीका निमित्त कार्यालय प्रमुख ज्ञान प्रसाद भुसालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |