२०८१ श्रावण १२, शनिबार
गंगा विश्वकर्मा । चोरमारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले साउन महिनामा सवारी कारवाहीबाट नौं लाख रुपैया बढी राजश्व संकलन गरेको छ । प्रहरीले एक महिनाको अवधिमा एक हजार चार सय ५० वटा सवारी कारवाही गर्दा नौ लाख २४ हजार रुपैया राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर नारायण थापाले बताउनुभयो ।
कोभिड–१९ को कारण जिल्लामा जारी निषेधाज्ञाको बीच जिल्लामा नीजि र क्रमश सार्वजनिक सवारी सञ्चालनको लागि अनुमति दिएको थियो । यस बीच ट्राफिक प्रहरीले सवारीहरुको नियमित चेकजाँच गरेको थियो । सो क्रममा मापदण्ड विपरित सवारी सञ्चालन गर्ने सवारीहरुलाई कारवाही गरिएको थापाले बताउनुभयो ।
यसरी सवारी नियम उल्लंघन गर्दै सवारी सञ्चालन गर्नेमा मोटरसाईकल र ट्रक बढी रहेको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वले गत आर्थिक वर्षमा सवारी कारवाहीबाट एक करोड १५ लाख २८ हजार पाँच सय रुपैया राजश्व संकलन गरेको थियो । एक वर्षको अवधिमा १८ हजार एक सय ४६ सवारीलाई कारवाही गर्दा सो रकम राजश्व संकलन भएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |