२०८० आश्विन ५, शुक्रबार
कावासोती । असल छिमेकी नेपाल पोखराले नवलपुरको बुलिङ्गटार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोभिड – १९ संक्रमितका लागि उक्त कन्सन्ट्रेटर सहयोग गरिएको हो । दुई वटा स्टेचर पनि सहयोग गरिएको छ । ती सामाग्री बिहीबार कावासोती स्थीत असल छिमेकीको कार्यालयमा बुलिङ्गटार गाउँपालिका वडा नं. चारका अध्यक्ष चेत बहादुर गोदामीलाई असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीले हस्तान्तरण गर्नुभएको हो ।
अक्सिजनको आवश्यकता पर्ने कोभिडका बिरामिलाई अक्सिजनको अभाव नहोस् भन्ने उदेश्यले कन्सन्ट्रेटर सहयोग गरिएको कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो । विकट र पहाडी गाउँपालिका भएकाले यहाँका बासिन्दाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । अहिले गाउँगाउँमा कोराना संक्रमण फैलिएको छ । कोरोनाका बिरामिले समयमै प्रयाप्त अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेकाले यस्तो अवस्थाको अन्त्य गर्ने उदेश्यले कन्सन्ट्रेटर सहयोग गरिएको अधिकारीले बताउनुभयो । दुई जनालाई एकैपटकमा अक्सिजन दिन सकिने भएकाले यो अक्सिजन सिलिन्डरभन्दा प्रभावकारी हुने उहाँले बताउनुभयो । कन्सन्ट्रेटर करीब साढे चार लाख रुपिँया बराबरको रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोदामीले विकट गाउँको स्वास्थ्य क्षेत्रमा गरेको यो सहयोगले अक्सिजनको अभावमा ज्यान गुमाउन नपर्ने बताउनुभयो । उहाँले अहिले वर्षाको समयमा बाटो समेत बन्द रहेकाले सवारी नचल्दा डोकोमा बोकेर स्वास्थ्य संस्था ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । अक्सिजनकै अभावमा केही दिन अघि एक जना बिरामिले ज्यान गुमाएको उहाँले जानकारी दिनुभयो । सहयोगी संस्थालाई धन्यावाद दिदै उहाँले प्राप्त सामाग्रीको सही सदुपयोग गर्ने बताउनुभयो ।
असल छिमेकी नेपाल नवलपरासी एरिया इन्चार्ज पुरन सोतीले गाउँपालिकाको स्वास्थ्य शाखा संगको समन्वयमा कन्सन्ट्रेटर अर्खला स्वास्थ्य केन्द्रमा उपलब्ध गराएको बताउनुभयो । कन्सन्ट्रेटर आइशोलेसनमामा दिने कुरा रहेको भए पनि विद्युत् नभएका कारण अर्खला स्वास्थ्य केन्द्रलामा राख्ने गरि उपलब्ध गराईएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्र विद्युत् र सोलाको व्यवस्था रहेको हुँदा कन्सन्ट्रेटर चलाउन पाईने भएकाले स्वास्थ्य शाखासंगको समन्वयमा उपलब्ध गराईएको हो ।
कार्यक्रममा असल छिमेकी नेपालका सचिव प्रकाश भुजेल , योजना अनुगमन तथा सुचना अधिकारी दिनेश केसी , स्वास्थ्य चौकीका प्रतिनीधि याम प्रसाद लुङ्गेली लगायतको सहभागिा रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |