२०८१ श्रावण १२, शनिबार
पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।
संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २१२६ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ । संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |