२०८१ श्रावण १२, शनिबार
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले विनयी त्रिवेणी गाउँपालिका १ पूर्व पश्चिम राजमार्ग स्थित होङ्सी जाने गेट अगाडीबाट लागु औषध सहित चालक गुल्मि सर्सिनी वडा नम्बर ८ बस्ने ३० वर्षिय पे्रम बहादुर भुषाल र ट्याक्सीमा सवार रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका १० बस्ने २९ वर्षिय सोम बहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
लु १ ज ३९ ४८ नम्बरको ट्याक्सी जाँच गर्दा लागु औषध फेला परेको हो । उनिहरुको साथबाट डाइजेपाम ४९० एम्पुल, फेनारगन ४९९ एम्पुल र बुर्फिनुर्फिन ४८२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजना विरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्र्तगत अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले बताएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |