२०८० आश्विन १४, आईतबार
कावासोती । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर खण्ड जीर्ण हुँदा यस मार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । राजमार्गमा ठूला ठूला खाडल परेकाले यात्रा गर्न कठिन हुने गरेको छ । राजमार्गमा भएका खाडलले दुर्घटनाको जोखिम समेत बढाएको छ ।
पूर्व पश्चिम राजमार्ग बिस्तारको योजना अनुसार अहिले नारायणगढ –बुटवल खण्ड बिस्तारको क्रममा रहेको छ । चार लेनको सडकका रुपमा बिस्तारको काम चलिरहेको छ । सडक बिस्तारको काम चिनिया कम्पनीले गरिरहेको छ । राजमार्ग बिस्तारको ठेक्का सम्झौता भएपछी मुख्य राजमार्ग मर्मतको काम रोकिएको हो । ठेक्का सम्झौता अघि राजमार्ग मर्मतको काम सडक विभागले गर्दै आएकोमा सम्झौता पछि विभागले मर्मत गर्न छाडेको र चिनिया कम्पनीले समेत आफ्नो योजना अनुसारको मात्रै काम गर्दा राजमार्ग जीर्ण बनेको हो ।
लामो समय देखी नवलपुर खण्डमा राजमार्ग मर्मतको काम हुन सकेको छैन् । जसले गर्दा खाल्डाखुल्डीले राजमार्ग जीर्ण बनेको छ । नवलपुरका मुख्य बजार क्षेत्र गैंडाकोट, कावासोती, चोरमारा, अरुणखोला,दुम्किबासमा जीर्ण सडकका कारण बर्षामा हिलो र हिउँदमा धुलोले जनजिवन समेत प्रभावीत हुने गरेको छ । सडकमा जीर्ण भएकाले धुलोले व्यापार व्यवसायमा समेत असर गरेको व्यवसायी मदन अर्यालले बताउनुभयो । राजमार्ग जीर्ण हुदाँ राजमार्ग आसपासका स्थानीयलाई समेत धुलोले समस्या पारेको छ ।
राजमार्ग जीर्ण भएकाले सास्ती खेप्नुपरेको भन्दै केही समय अघि दुम्किबासका स्थानीयले राजमार्गनै बन्द गरेका थिए । राजमार्ग बन्द गरेपछी सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनीले बजार क्षेत्रमा मर्मतको काम गरेको थियो । सामान्य रुपमा मर्मत गरेकाले अहिले यस क्षेत्रमा पुनः ठूला ठूला खाडल परेका छन् ।
वर्षाको यो समयमा झनै नवलपुर खण्डमा यात्रा गर्न कठिन हुने गरेको छ । राजमार्ग बिस्तारका क्रममा बिभिन्न ठाउँमा साना साना पुल निर्माणको क्रममा रहेका छन् । ति क्षेत्रमा डाइभर्सन निर्माण गरिएको छ । पानी पर्दा आउने बाढीले डाइभर्सनमा क्षती पुर्याउदा यातायात संचालननै ठप्प समेत हुने गरेको छ । गएको असार महिना भित्रनै पुलहरु निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनी कामले गति नलिदा पुलहरु निर्माणको काम सकिएको छैन । यसकारण डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यसले समेत यात्रा गर्दा कठिन हुने गरेको छ ।
राजमार्गमा परेका खाडलहरु पुर्न आफुहरुले ताकेता गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायण थापाले बताउनुभयो । केही ठाउँमा ठूल्ठूला ढु¨ा भएको माटो हालेको छ । यसले झन दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रमुख थापाले बताउनुभयो । ‘सडकमा ठूला खाडल हुदाँ जोखिम त बढेकै छ, खाडलहरुलाई राम्रो सँग नपुर्दा अर्को जोखिम छ’ ट्राफिक प्रमुख थापाले भन्नुभयो– राम्रो सँग मर्मत गर्न हामीहरुले ताकेता गरिरहेका छौं ।
सडक बिस्तारको ठेक्का लिएको चिनियाँ कम्पनीलाई डाइभर्सन बनाउन देखि सडकको खाल्डो पुर्न ताकेता गरेको ट्राफिक प्रमुख थापाले बताउनुभयो । डाइभर्सन भएको ठाउँमा भन्दा पनि कालोपत्रे रहेको अन्य ठाउँका सडकको अवस्था बिग्रिएको छ ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख रमेशकुमार दृष्टिले अहिले वर्षाको समय भएकाले मर्मतमा समेत समस्या भएको बताउनुभयो । तरपनी अहिले ग्राबेलले खाडहरु पुर्ने र वर्षा रोकिएपछी कालोपत्रे गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |