२०८० आश्विन ५, शुक्रबार
कावासोती ।असल छिमेकी नेपालले बुलिङ्गटार गाउँपालिकाका अपाङ्गता भएका तथा अतिविपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संस्थाले बुलिङ्गटार गाउँपालिकाको अनुमती तथा वडा नं. ४ अर्खलाको समन्वयमा १८० घरलाई सामाग्री वितरण गरिएको हो । संस्थाले प्रतिघरपरिवार २५ केजी चाकल , ५ केजी आटा , २ केजी दाल , नुन १ पोका , तेल २ लिटर , क्वाँटी १ केजी र चियरा १ केजी वितरण गरिएको संस्थाका नवलपरासी एरिया इन्र्चाज पुरन सोतीले बताउनुभयो । यस्तै मास्क प्रति घर २ सय थान , सेनिटाईजर ५ लिटर र साबुन ३ वटाका दरले वितरण गरिएको सोतीले जानकारी दिनुभयो ।
सहयोग गरेकोमा वडा अध्यक्ष चेत बहादुर गोदामीले धन्यवाद दिनुभयो ।
असल छिमेकी नेपालले बिगत १२ बर्षदेखी नवलपरासीमा आफ्नो कार्य क्षेत्र बनाएर कार्यक्रमहरु गर्दै आएको छ ।
यस सस्थाले बिशेषत सामुदायिक बिकास, जिवीको पार्जन स्वाथ्य शिक्षा बाल संरक्षण र भोकेश्नल ट्रेनिगंहरु गर्दै आएको एरिया इन्र्चाज सोतीले बताउनुभयो ।
कोरोना भाइरसले आक्रान्त बनाएको बेला र सरकारले समेत निषेधाज्ञा जारी गरेको समयमा अपाङ्गता भएक तथा विपन्न परिवारलाई निकै नै मर्का परेको भन्दै सहयोगबाट केहि समयको लागि राहत हुने सोतीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |