२०८० आश्विन १२, शुक्रबार
कावासाेती । नारायणगढ – बुटवल सडकखण्ड विस्तारको क्रममा गैंडाकोटमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार विहानदेखि यातायात अवरुद्ध भएको छ । गैंडाकोट र भेडाबारी बीचमा रहेको डाइभर्सन बगाएको हो । राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगेपछि गाडी वारपार गर्न सकेका छैनन् । सवारीको लामो जाम लागेको छ ।
यस वर्ष असारको सुरुकै दिनदेखि लगातारजसो पानी परिरहेको छ । पानी परेपछि डाइभर्सनमा पानी जम्ने खाल्डाखुल्डी बन्दा एकातिर यात्रुले सास्ति पाएका छन् । भने , अर्कोतिर दुर्घटनाको जोखिम बढाएको छ ।
अत्यावश्यकीय साधनलाई समेत सडकको अवस्थाले कुनुपर्ने बाध्यता रहेको छ । वैकल्पिक मार्ग समेत निर्माण हुन नसकेको र डाइभर्सन गहिरो गरी बगाउँदा बाटो बन्न सकेको छैन । प्रहरीले एम्बुलेन्स लगायतका साना सवारीलाई पार गराउन डाइभर्सन बगाएको तलबाट अस्थायी डाइभर्सन गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । बगाएको डाइभर्सन तत्कालै बन्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ । पानी नरोकिएमा अझै बढि समस्या हुने उहाँको भनाई छ । पानी रोकिएमा शुक्रबार साँझसम्म बन्ने उहाँको भनाइ छ । अस्थाई डाइभर्सन बनाएर साना सवारी वारपार गराए पनि ठूला सवारी भने भत्किएको डाइभर्सन बनन्दासम्म ठप्प हुने भएको छ । स्थानीयलाई डाइभर्सन बगाएको तलबाट शसस्त्र प्रहरीले वारपार गराउने काम गरिरहेका छन् ।
प्रहरीले सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर गैंडाकोट र रजहरमा सवारीलाई रोकेर राखेको छ । यस अघि असार दुई गते पनि सोही ठाउँमा डाइभर्सन बगाउँदा ५ घण्टासम्म पूर्ण रुपमा जाम भएको थियो ।
गैंडाकोटको थुम्सि जंगल क्षेत्रमा ४ ठाउँमा डाइभर्सन छन् । कुमुन्दपुर र थुम्सिको बस्ति नजिकै दुई वटा गरेर ७ वटा डाइभर्सन बनाईएको छ । वर्षा सुरु भएपछि डाईभर्सनमा पानी जम्ने , चिप्लो हुने गर्दा दैनिक रुपमा काम विशेषले आवतजावन गर्ने यात्रुले सास्ति भाग्नुपरेको गुनासो गर्दै आएका छन् ।
यसैगरि दाउन्ने क्षेत्रको ठाउँ – ठाउँमा खसेको पहिरोले समेत दुर्घटनाको जोखिम निम्त्याएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रको १४ किलोमिटर क्षेत्रमा ठाउँ – ठाउँमा साना ठूला पहिरो खसेको छ । कतिपय ठाउमा ठूल्ठूला ढुङ्गा भिरबाट कतिवेला खस्छ भन्ने त्रासै त्रासमा यात्रुले यात्रा गर्नु परेको छ ।
ठाउँ – ठाउँमा खसेको पहिरोले गर्दा पटक – पटक जाममा पर्दा यात्रुले सास्ति भोग्नु परेको गुनासो गरेका छन् । साघुँरो सडक जाममा परेर गाडी रोकिदा पनि कतिवेला माथीबाट पहिरो खसेर ज्यानै लिने हो भन्ने चिन्ताले सताउने गरेको यात्रु गुनासो गर्छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |