२०८० आश्विन १२, शुक्रबार
कावासोती । नवलपुरको कावासोती १ स्थित हात्तिखोरमा शिव मन्दिर खानेपानी समितिको फिल्टर ट्याङ्की रहेको परिसरमा बृक्षारोपण गरिएको छ ।
परिसरमा आँप,लिच्चि, एभोकाडो लगाएतका बिरुवा रोपिएको छ । आइतबार कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायण प्रसाद पन्त, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहूँ इकाई कार्यालय नवलपुरका इन्जिनियर महेन्द्र आचार्य ,वन तथा पर्यावण गण हात्तिखोरका प्रमुख , खानेपानी समितिका पदाधीकारी,सदस्यहरुको उपस्थितीमा बृक्षारोपण गरिएको हो ।
फिल्टर ट्याङ्की रहेको परिसरलाई आकर्षक बनाउन र वातावरणी हिसाबले पनि रुख बिरुवा लगाउन लाभदायी भएकाले बृक्षारोपण गरिएको खानेपानी समितिका अध्यक्ष राज कुमार घिमिरेले बताउनुभयो ।
यसै बिच शिव मन्दिर खानेपानी समितिले निर्माण गरेको फिल्टर ट्याङ्कीबाट पानी बितरण सुरु भएको छ । नवनिर्मित फिल्टर ट्याङ्कीको परिक्षण पश्चात स्वच्छ पानी उपभोक्ताको घर घरमा पुगेको छ ।
यस अघि सिधै मुहानको पानी फिल्टर नगरी उपभोग गर्दै आएका स्थानीयले फिल्टर ट्याङ्कीबाट फिल्टर भएको स्वच्छ पानी उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |