२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ मा रहेको शिवमन्दिर खानेपानी आयोजनाको फिल्टर ट्याङ्की तयार भएको छ । निर्माण गरेको फिल्टर टुयाङ्की अब चाडै सञ्चालनमा आउने शिव मन्दिर खानेपानी समितिका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो ।
कावासोती नगरपालिका वडा नम्बर एकका करिब १५ सय उपभोक्ताले शिव मन्दिर खानेपानी आयोजना मार्फत पानी पिउदै आएका छन् । यस अघि मुहानबाटै सिधै धारामा पानी पुर्याउने गरिएकोमा अब भने फिल्टर ट्याङ्कीमा फिल्टर पश्चात धारा धारामा पानी पुग्ने छ ।
‘फिल्टर ट्याङ्क तयार भएको छ , अब चाडै स्वाच्छ पानी हाम्रा उपभोक्ता समक्ष पुर्याउछौ’ अध्यक्ष घिमिरेले भन्नुभयो–यस अघि सिधै मुहानबाट धारामा पानी आउथ्यो ,अब फिल्टर भएर पुग्नेछ ।
यस समिति मार्फत सञ्चालित आयोजनाबाट कावासोती १ का हात्तिखोर, कोइलापानी, रिठ्ठेपानी लगाएतका टोलका उपभोक्ताले पानी उपभोग गर्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएको हो । प्रदेश सरकारको क्रमागत योजना अनुसार करिब ७ करोडको यस आयोजनामा हाल सम्म करिब ४ करोड लगानी गरिएको छ ।
अहिले अस्थाई रुपमा पाइप बिछ्याईएको र बिस्तारै सडकको दुवै तर्फ पाइप बिछ्याएर व्यस्थीत रुपमा उपभोक्ता समक्ष पानी पानी पुर्याइने अध्यक्ष घिमिरेले बताउनुभयो ।
खानेपानीकालागि उपभोक्ताको संख्या बढदै गएपनी मुहान सानो हुदा थप पानी पुर्याउन भने समस्या रहेको छ । अहिले फिल्टर ट्याङ्कीबाट ८ किलोमिटरको दुरीमा रहेको कुई खोलाको मुहानबाट पानी ल्याउने गरिएको छ । दिर्घकालीन रुपमा यो मुहान भरपर्दो भने नरहेको अध्यक्ष घिमिरेले बताउनुभयो । फलाम खानी उत्खनन् गर्दा मुहान सुक्छ की भन्ने चिन्ता आफुहरुलाई रहेको उहाँले बताउनुभयो । साथै मुहानको माथील्लो क्षेत्रमा बाटोहरु निर्माण गरिएकाले सानो पानी पर्ने वित्तिकै मुहानमा पहिरो खसी क्षती हुने,पानीको मुहान धमिलो हुने ,पानी कालो हुने ,मुहना सफा हुन तीन चार दिन लाग्ने गरेको उहाँले बताउनुभयो ।
यसको बिकल्पमा हात्तिखोरमा सिपेज ट्याङ्की निर्माण गर्नुपर्ने अध्यक्ष घिमिरेले बताउनुभयो । यसका लागि छलफल चलिरहेको र दिर्घकालीन रुपमा यो विकल्पमा जाने बारे योजना बनाएको उहाँले बताउनुभयो । केरुङ्गेकोको पानी सिपेज गरि पानी लाने विकल्पको योजनाका रुपमा छलफल चलिरहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |