२०८० आश्विन १२, शुक्रबार
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ डेढगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका ४ जोड्ने कालीगण्डकी नदीको पुल जोमिमा परेको छ ।
लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षती पु¥याएको हो । डेढगाउँतर्फ ग्राभेल गरको भाँसिदै गएको र तनहँुतर्फ ( ब्यच फिलिङ्ग) पुरै बाढीले बगाएको डेढगाउँका स्थानीय उज्जवल ओझाले जानकारी दिनुभयो । तनहुँतर्फ पुलमा आउनै नमिल्ने गरेर बाढीले बगाएको छ । वर्षा नरोकिए पुल नै बगाउन सक्ने उहाँले बताउनुभयो । दुई वर्ष अघि मात्रै निर्माण गरिएको उक्त पुलको उद्घाटन समेत गर्न नपाउँदै बादीले क्षती पु¥याएको छ ।
यस्तै बौदीकाली गाउँपालिका वडा नं. २ र ५ जोड्ने निरन्दी खोलामा बन्दै गरेको पुलमा समेत बाढीले क्षती पु¥याएको छ । बाढीले पुलको डाइभर्सन सबै बगाएर पुलको पिलरमा थुपारेको छ । यु पुलमा एकातर्फको पिलरको काम भईरहेको थियो ।
पहाडी क्षेत्रको मकामको रुपमा चिनिएको डेढगाउँमा वर्षाले गर्दा सबै सडक सञ्जालबाट बञ्चित हुनुपरेको ओझाले बताउनुभयो । तनहुँतर्फको पुल आवतजावत गर्न नमिल्ने गरेर जोखिममा परेको , कावासोतीतर्फ आउने बाटोमा पर्न बौदीकाली २ र ५ जोड्ने निरन्दी खोलामा पुल बनिनसकेका कारण बाढी आउँदा वारपार गर्न नसकिने , पाल्पातर्फ करिडोरको बाटो पुरै पहिरो गएका कारण रामपुर जान समेत नसक्ने अवस्था आएकोले कुनै बिरामी परेमा पनि अस्पताल पु¥याउन नसक्ने अवस्था भएको ओझाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |