२०८० मंसिर १४, बिहिबार
प्रिय धन ।
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका भित्रका पेशागत शिक्षक संगठनहरुले आज मध्यविन्दु नगरपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका छन् । नगर शिक्षा समितिबाट पारित नगर शिक्षा ऐन २०७८ माथि असन्तुष्टि जनाउदै उनीहरुले आज ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नगर शिक्षा ऐन २०७८ का मुख्यतस् ४ बुँदामा असहमति रहेको भन्दै सुझाव समेत पेश गरिएको छ । संगठनका तर्फबाट सुझाव संकलन माग गरिएका कारण सुझाव पेश गरिए तापनि कुनै पनि सुझावको मनन नगरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दु नगर समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठन मध्यविन्दु नगर समितिले संयुक्त रुपमा विज्ञप्ति जारि गर्दै ज्ञापन पत्र बुझाएको हो । “ शिक्षा ऐनको दफा १७ को उपदफा १ मा व्यवस्था भएको सामुदायिक विद्यालयको प्रधानाध्यापक सम्बन्धी व्यवस्थाका सम्बन्धमा संघीय शिक्षा ऐन न आउँदा सम्मका लागि विद्यमान शिक्षा नियमावलीको प्रतिकुल हुने गरि व्यवस्था गरिएको हुँदा संगठनको अहमति रहेको छ । “ बिज्ञप्तिमा भनिएको छ । त्यस्तै सामुदायिक विद्यालयका प्र।अ। सम्बन्धि व्यवस्था , वि।व्य।स। गठन तथा मध्यविन्दु नगर शिक्षा ऐन २०७८ लाइ नगर कार्यपालिकाबाट पारित गर्नु भन्दा पहिले संगठनले दिएका सुझाव संसोधन गर्न अनुरोध गरिएको छ । यदि जबर्जस्ति पारित गर्न खोजिए कानुनी उपचार खोज्दै व्यवहारिक रुपमा सम्र्ट असहयोग गर्न संगठन बाध्य हुने छौं , नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दुक अध्यक्ष लेखराज भण्डारी र एकीकृत अखिल नेपाल शिक्षक संगठन मध्यविन्दुका अध्यक्ष सुन्दर खनालद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा भनिएको छ । नगर शिक्षा शाखाको तर्फबाट ज्ञापन पत्र बुझ्नुहुँदै मध्यविन्दु नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले उचित मागको सम्बोधनका लागि आफुले प्रयास गर्ने बताउनु भएको नेपाल राष्ट्रिय शिक्षक संगठन मध्यविन्दुका अध्यक्ष लेखराज भण्डारीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |