२०८० आश्विन १२, शुक्रबार
कावासोती। नेपाल हिल्फे बेलिङ्ब्रिज ई.भी. जर्मनीले मध्यविन्दु जिल्ला अस्पताल नवलपुरलाई २६ लाख रुपैया सहयोग गरेको छ । संस्थाले जिल्ला अस्पतालमा औषधी, उपकरण खरिद र अन्य आवश्यक गुणस्तरीय सेवा प्रदान गर्न सो रकम हस्तान्तरण गरेको हो ।
मध्यविन्दु जिल्ला अस्पतालको बैंक खातामा उक्त रकम संस्थाले जम्मा गरेको हो । मध्यविन्दु जिल्ला अस्पताल हुनुपूर्व सामुदायिक अस्पताल हुदाँ देखिनै सहयोग गर्दै आएको सो संस्थाले हाल कोभिड–१९ संक्रमणको अवस्थामा आवश्यक स्वास्थ्य सामाग्री खरिद तथा व्यवस्थापनको लागि सो रकम प्रदान गरेको अस्पताल सञ्चालक समिति सदस्य नरनाथ पाण्डेले बताउनुभयो ।
जिल्ला अस्पताल हुनुपूर्व सामुदायिक अस्पताल हुदाँ देखि स्वास्थ्य उपकरण देखि व्यवस्थापन सम्ममा संस्थाले ठुलो सहयोग प्रदान गर्दै आएको पाण्डेले बताउनुभयो । संस्थाले मध्यविन्दु जिल्ला अस्पतालको निर्माणधिन भवनको लागि समेत तिन करोड रुपैया उपलब्ध गराउने प्रक्रियामा रहेको पाण्डेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकार मार्फत उपलब्ध दुई करोड ६० लाख रुपैया बजेटबाट अहिले अस्पतालको नयाँ भवन निर्माणको काम भइरहेको छ । सोही भवन निर्माणको लागि नेपाल हिल्फेले उपलब्ध गराउने तिन करोड रुपैया अहिले संस्थाको नेपाल प्रतिनिधि कहाँ आइपुगेको उहाँले बताउनुभयो । आवश्यक प्रक्रिया पुरा हुन साथ सो रकम अस्पताललाई प्राप्त हुने पाण्डेले बताउनुभयो ।
नेपाल हिल्फेका नेपाल प्रतिनिधि श्यामराज पण्डितको पहलमा अस्पताललाई उक्त रकम प्राप्त हुन लागेको भन्दै उहाँले सो सहयोगको लागि संस्था र पण्डितलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |